स्याङ्जा, १९ फागुन – वालिङ नगरपालिका १३ मा एक दिने निशुल्क माटो परिक्षण शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखराको प्राविधिक सहयोगमा आइतबार भएको शिविरमा ८७ जना किसानले माटो परिक्षणको लागि ल्याएको वडा सचिव खुमकान्त शर्माले जानकारी दिए । वडामा माटो सुहाउदो बाली लगाउन किसानलाई प्रोत्साहान गर्दै वडालाई कृषिमा आत्म निर्भर बनाउने उद्देश्यले माटो परिक्षण शिविर गरिएको वडा अध्यक्ष आनन्द पाठकले बताए ।
किसानले परिक्षणका लागि ल्याएको माटोमा फस्पोरसको मात्रामा कमि देखिएको पिएच र पराङ्गारिक तत्व हेरिएको अध्ष्यक्ष पाठकले जानकारी दिए । वडाको चार स्थानमा २०÷२० रोपनी जमिनमा केरा, सुन्तला,कागती, अदुवा र बेसार लगाउने योजना रहेको अध्यक्ष पाठकले बताए ।





