शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रिय खेलकूद विकास विधेयक पारित

राष्ट्रिय खेलकूद विकास विधेयक पारित


  • Dhorpatan News
  • फाल्गुन २१ २०७६, बुधबार

काठमाण्डौ, २१ फागुन– प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गरेका थिए। यस्तै बैठकले ‘ कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । सो विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यही फागुन १९ गते सोमबार सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित गरिएको थियो । नेपाली काँग्रेसका सांसद पार्वती डिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरे पनि निर्णयार्थ पेश हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->