शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

समीक्षाले भनिन् : मलाई पनि मामा (प्रधानमन्त्री) सँगै डिस्चार्ज गर्नू !

समीक्षाले भनिन् : मलाई पनि मामा (प्रधानमन्त्री) सँगै डिस्चार्ज गर्नू !


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७६, मंगलबार

काठमाडौं, २७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाले एक्लै डिस्चार्ज नहुने जानकारी चिकित्सकहरुलाई दिएकी छन्। ३२ वर्षीया संग्रौलाले मामा समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै डिस्चार्ज गर्न आग्रह गरेकी हुन्।  उपचारमा संलग्न एकजना चिकित्सकका अनुसार समीक्षालाई डिस्चार्ज तयारी गरिएको छ। ‘डोनर (समीक्षा) डिस्चार्जका लागि तयार भइसक्नु भएको छ’, उपचारमा संलग्न एक चिकित्सकले भने, ‘तर उहाँले प्रधानमन्त्रीसँगै डिस्चार्ज हुन्छु भन्नु भएको छ।’ तर चिकित्सकहरुले अहिलेसम्म आफन्तहरुलाई प्रधानमन्त्रीसँग भेटघाट गर्न दिएका छैनन्। अब चिकित्सकहरुले मामा-भाञ्जी दुवैलाई एकसाथ डिस्चार्ज गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->