शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कांग्रेस लेखानीमा मदन

कांग्रेस लेखानीमा मदन


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७६, सोमबार

बागलुङ, ३ चैत – नेपाली कांग्रेस साविक लेखानी ७, ८ र ९ वडाका कांग्रेस कार्यकर्ताको सहभागितामा मदन श्रीसको सभापतित्वमा टोल समिति समेत गठन गरिएको छ । उपाध्यक्षमा गोपाल पुन, सचिव शेरबहादुर श्रीस, सह—सचिव भोजेन्द्र पुन, कोषाध्यक्षमा लिलामाया पुन चयन भएका छन् ।सल्लाहकारमा क्या. शेरबहादुर श्रीस, गम बहादुर श्रीस, सन्तबहादुर श्रीस, चन्द्रकुमार पुन, कुलबहादुर श्रीस, मनबहादुर पुन र रामबहादुर पुन रहेका छन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति अध्यक्ष खडक बहादुर थापा, नेपाली कांग्रेस क्षेत्रीय सदस्य परमानन्द कँडेल, तुलसा श्रीस लगायतले बोलेका थिए । कार्यक्रम कार्यबाहक सभापति मोम रोकाको अध्यक्षता, मदन श्रीसको स्वागत र सचिव चन्द्र कुमार पुनको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका गण्डकी प्रदेश सभाका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले नेपाली कांग्रेस देशकै पुरानो र जिम्मेवार पार्टी भएकाले त्यही अनुसार देश र जनताको पक्षमा अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->