बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जनतालाई आश्वस्त पार्न प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

जनतालाई आश्वस्त पार्न प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


  • Dhorpatan News
  • चैत्र ७ २०७६, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, ७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई आश्वस्त पार्न सम्बोधन गर्ने भएका छन् । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग बिहान छलफल गरेका प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक गर्न जनतालाई सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले शुक्रबारै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्ने बताईएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्रीको भर्खरै मिर्गौला पुनः प्रत्यारापण गरेका कारण संक्रमणबाट जोगाउन जनतालाई सम्बोधन गर्ने बेला भिडभाड हुन नदिन राज्य नियन्त्रित सन्चारमाध्यमलाई मात्र प्रवेश दिइने स्रोतले जनाएको छ । तीनै च्यानलबाट निजी क्षेत्रका सञ्चारमाध्यमले पनि प्रधामनन्त्रीको सम्बोधन प्रसारण गर्न पाउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->