बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सुन्तला ब्लक क्षेत्रका कृषकलाई उपकरण सहयोग

सुन्तला ब्लक क्षेत्रका कृषकलाई उपकरण सहयोग


  • संजय रेग्मी
  • चैत्र ८ २०७६, शनिबार

पर्वत, ८ चैत – सुन्तला उत्पादनको पकेट क्षेत्र पर्वतको मोदी गाउँपालिकाका कृषकहरूलाई विभिन्न कृषि उपकरणहरू निःशुल्क वितरण गरिएको छ ।
गाउँपालिकाको वडा नं १, २ र ३ मा रहेको सुन्तला ब्लक क्षेत्रका कृषकहरूलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आठ वटा पावर टिलर वितरण गरिएको हो । कृषकहरूलाई सिचाईँको लागि सात हजार मिटर पाइप, स्प्रे मसिन लगायतका सामग्रीहरू पनि वितरण गरिएको स्थानीय शिक्षक भूमिराज शर्माले बताए ।
झन्डै ४३ सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ब्लक क्षेत्रमा ६१ हजार सुन्तलाका बोटहरू र ६ हजार कागतीका बोटहरू रहेका छन् । देउपुरका सुन्तला उत्पादक एक जना कृषकले नै वार्षिक लाखौँ रुपैयाँका सुन्तला बिक्री गर्दै आएका छन् । माछापुच्छ्रे सुन्तला कृषि सहकारी संस्थाका अध्यक्ष दाताराम चापागाईँले सुन्तलामा नै निर्भर रहेका गाउँलेहरूलाई त्यसको उत्पादनमा सघाउने गरी विभिन्न उपकरणहरू सहयोग गर्नुले व्यवसायप्रति झनै उत्साह बढेको बताए । मोदी गाउँपालिका प्रमुख प्रेम शर्मा पौडेलले अधिकांश स्थानीय नागरिकको जीवनको आधार कृषि भएकोले कृषिको आधुनिकीकरणमा गाउँपालिकाले जोड दिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->