बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कमाण्डो तालिम लिईरहेका १ सय २५ जना प्रहरीले बञ्जी जम्प गर्दै

कमाण्डो तालिम लिईरहेका १ सय २५ जना प्रहरीले बञ्जी जम्प गर्दै


  • Dhorpatan News
  • चैत्र ९ २०७६, आइतबार

पर्वत, ९ चैत – कमाण्डो तालिम लिईरहेका नेपाल प्रहरीका १ सय २५ जना सहायक निरीक्षकले कालीगण्डकी नदीमाथि निर्माण गरिएको २ सय २८ मिटर अग्लो पुलबाट बञ्जी जम्प गरिरहेका छन् । देशभरबाट छनोट भएका उनीहरुलाई विश्वकै अग्लो र लामो दाबी गरिएको पर्वतको पुलबाट तीन दिनको अवधिमा बञ्जी जम्प गराउने काम भइरहेको संचालक युवराज जोशीले बताए ।
बञ्जी जम्प गर्न इच्छुक रहेकाहरुको लागि बैशाखबाट खुला गर्ने योजना रहेको भएपनि यसअघि माघ १६ गते मुख्य लगानीकर्ता राजु कार्कीले सफल रुपमा बञ्जी जम्प गरेका कारण प्रहरीको कमाण्डो तालिमका लागि बञ्जी जम्पको लागि व्यवस्था मिलाइएको हो । ‘शनिबारबाटै उनीहरुले बञ्जी जम्प सुरु गरिसकेका छन् ।’ उनले भने, ‘उहाँहरुलाई प्याकेजमा बञ्जी जम्पको शुल्क राखिएको छ ।’
बञ्जी जम्प गरेका प्रहरीहरुले पर्वतको बञ्जीजम्प अग्लो भएका कारण हेर्दा डरलाग्दो देखिएको भएपनि अन्यत्र ठाउँको भन्दा आनन्द आउने भएको अनुभव बताएका छन् । बञ्जी जम्पको निर्माण गरेको कम्पनी द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले सफल परीक्षण गरिएबाट नै बञ्जी जम्प गर्न इच्छुक नियमित सम्पर्कमा आएको बताए । परिक्षण सम्पन्न गरीए पनि ब्यवसायिक रुपमा बैशाखबाट मात्रै कारोबार सुरु गरिने योजना रहेकोले सम्पर्कमा आएकाहरुलाई बैशाखबाट मात्र खुला गरिने बताए ।
युवा ब्यवसायी कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जीसहित साहसिक पर्यटन शुरु भएको हो । बञ्जी जम्पका लागि कालीगण्डकी नदीमाथि ५२५ मिटर लामो स्टीलको पुल निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->