बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा यातायात र अत्यावश्यक बाहेकका पुल बन्द

पर्वतमा यातायात र अत्यावश्यक बाहेकका पुल बन्द


  • संजय रेग्मी
  • चैत्र १० २०७६, सोमबार

पर्वत, १० चैत – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सतर्कताका लागि मङ्गलवारबाट छोटो तथा लामो दुरीका सबै सवारीहरूलाई अन्तर जिल्ला आवतजावतमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले अन्य जिल्लाबाट सवारी भित्रिन नदिने र पर्वतबाट बाहिरिन पनि नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । यस्तै, अत्यावश्यक बाहेकका सबै पसलहरू पनि बन्द गराइएको छ । अत्यावश्यक मानिने खाद्य सामग्री, दैनिक उपभोग्य बस्तु, दूध, तरकारी, फलपूmल, औषधि पसल, पेट्रोलियम पदार्थ बाहेकका सबै पसलहरू बन्द गरिएको हो ।

‘जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले सतर्कताका विषयमा विभिन्न ६ वटा निर्णयहरू गरेको छ । अन्तर जिल्ला सवारी आवतजावत रोक्ने र अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द गराउने निर्णय महत्त्वपूर्ण छन् ।’ प्रजिअ नेपालले भनिन, ‘अत्यावश्यक काम बाहेक कोही पनि बाहिर ननिस्कन अनुरोध गरेका छौँ । हाम्रो स्वास्थ्यको लागि हामी आफै सचेत बन्ने हो, आफूलाई बचाउने आफैले हो ।’

कोही कसैले सामाजिक सञ्जाल तथा अनलाइनहरूमा भ्रामक सूचनाहरू प्रकाशन गरेमा वा पैmलाएमा त्यस्ता व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने, सबै पालिकाहरूका नाकामा स्वास्थ्य जाँच डेस्क स्थापना गर्ने तथा सदरमुकाम स्थित गुप्तेश्वर बहूमुखी क्याम्पसमा बन्दै गरेको आइसोलेसन वार्डका लागि आवश्यक पर्ने खर्च सबै पालिकाहरूले बहन गर्ने पनि बैठकबाट भएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल सहित, प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, पालिकाका प्रमुखहरू, विभिन्न कार्यालयका प्रमुखहरू, उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा, पर्वत अस्पतालमा निर्माण गरिएको क्विन रेस्पोन्स टिम (आरआरटी)का संयोजक डा.विष्णु भण्डारी, जिल्ला अदालतका प्रतिनिधि र नेपाल पत्रकार महासङ्घ पर्वत शाखाका अध्यक्ष छविलाल तिवारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->