बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विदेशबाट आएका नागरिकको सूचना दिनेलाई नगद पुरस्कार

विदेशबाट आएका नागरिकको सूचना दिनेलाई नगद पुरस्कार

गुर्जा र घोडेपानीमा आवातजावत बन्द


  • धु्रवसागर शर्मा
  • चैत्र १३ २०७६, बिहिबार

म्याग्दी, १३ चैत – विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट जोगिन म्याग्दीको मंगला गाउँपालिकाले विदेशबाट आएका नागरिकको सूचना दिनेलाई नगद पुरस्कारको घोषणा गरेको छ । मंगलाले विदेशबाट आएका नागरिकलाई होम क्वारेनटाइनमा बस्न आग्रह गर्नुका साथे उनीहरुको बारेमा सूचना दिनेलाई नगद १ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
कोरोनाको संक्रमण फैलिएको देशबाट आएका व्यक्तिहरुमा त्यसको संक्रमण हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिले कम्तीमा दुई सातासम्म सजगता अपनाउनुपर्ने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । उनका अनुसार, विदेशबाट आएकाहरुको तथ्याङ्क संकलन सुरु गरिसकेको छ । कोरोना संक्रमण भएको दुई सातासम्म पनि लक्षण देखिन समय लाग्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रबाट आएका नागरिकलाई सुरक्षित र सचेत हुनको लागि गाउँपालिकाले आह्वान गरेको छ । बैदेशिक रोजगारबाट फर्किएकाहरुमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि मंगला गाउँपालिकाका अध्यक्ष रोकासहित वडाका जनप्रतिनिधिहरुले घरदैलोमार्फत तथ्याङ्क संकलन गर्ने र उनीहरुलाई सचेत गराउने अभियान सञ्चालन गरेको छ ।
गुर्जा गाउँ आउने नाका बन्द
सरकारले कोरोना संक्रमण रोकथामका लागि लकडाउन घोषणा गरेसंगै लामो विदाका लागि विभिन्न सहरबाट गाउँ भ्रमणमा आउनेहरुलाई लक्षित गर्दै म्याग्दीको धवालगिरी गाउँपालिका–१ गुर्जा गाउँ आउने मानिसहरुलाई रोक लगाईएको छ । लुलाङ र ढोरपाटनबाट गुर्जा आउन लागेकाहरुलाई बाटोबाटै फर्कन अनुरोध गरिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
स्थानीय अगुवा र वडाका जनप्रतिनिधिहरुको बैठकको निर्णय अनुसार कोरोनाको जोखिम कायम रहँदा सम्मको अवस्थामा गुर्जामा बाहिरबाट आउने नाका बन्द गर्ने निर्णय भएको वडा अध्यक्ष छन्त्यालले बताए । ‘कतिपयले समय बिताउन गुर्जा आउन लागेको सूचना आएकाले रोगको जोखिम र जनताको स्वास्थ्य सुरक्षाका लागि गुर्जामा नआउन नाका बन्द भएको जानकारी गराउँछौ,’ अध्यक्ष छन्त्यालले भने ।
घोडेपानीमा पनि आवतजावत बन्द
कोभिड–१९ रोकथामका लागि म्याग्दीको पर्यटकीय बस्ती घोडेपानीमा पनि आवतजावत बन्द गरिएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको टोल सुधार समिति र स्थानीयले बुधबारदेखि आवतजावतलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका हुन् । गाउँबाट बाहिर नजाने र आउनेलाई रोक लगाइएको गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले बताए । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानी कास्कीको घान्द्रुक र बिरेठाँटी भएर म्याग्दी भित्रने नाका समेत हो । घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घर पर्यटकस्तरका होटल हुन् । घोडेपानी नजिकको पर्यटकीय स्थल पुनहिल भ्रमणमा गाउँपालिकाले गत हप्तादेखिनै रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->