बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विपन्नलाई जिल्ला समन्वय समिति म्याग्दीको साथ

विपन्नलाई जिल्ला समन्वय समिति म्याग्दीको साथ


  • Dhorpatan News
  • चैत्र १४ २०७६, शुक्रबार

म्याग्दी, १४ चैत – जिल्ला समन्वय समिति म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुरलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । शुक्रबार सम्पन्न जिससको बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा रोजगारी गुमेपछि हातमुख जोर्न नसक्नेहरुलाई खाद्यान्नको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बेनी नगरपालिका, धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विपन्नको खाद्यान्न ब्यवस्थापनका लागि जिससको कोषबाट दुई÷दुई लाख रुपैयाँका दरले एकमुष्ठ १२ लाख रुपैयाँ बिनियोजन गरेको जिसस प्रमुख देवेन्द्र बहादुर केसीले बताए । केसीका अनुसार, बेनी अस्पतालमा कोरोनाका बिरामीको उपचार, क्वारेन्टाइन र आइसोलेसनका लागि आवश्यक औजार, औषधी, सामग्री खरिद तथा व्यवस्थापन गर्न तीन लाख रुपैयाँ बिनियोजन गरिएको छ । ‘लकडाउनले मजदुर वर्गलाई पर्ने समस्या सम्बोधन गर्न जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा समस्यामा परेका घरधुरीको लगत संकलन गरेर खाद्यान्न व्यवस्था मिलाउँछौ ।’ केसीले भने ।
विपन्नको खाद्यान्न व्यवस्थापनका लागि यसअघि निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी र उनका भाई किसान जिसीले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । स्थानीय तहहरुले लकडाउनबाट प्रभावित र जोखिममा परेका विपन्न, अशक्त, असाहयहरुको लगत संकलन सुरु गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन स्थापना र व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ । बेनी अस्पतालमै आइसोलेशन निर्माण गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->