बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सचेत होऔँ नत्र आफन्तको शव नहेरि गाड्ने दिन आउन सक्छ !

सचेत होऔँ नत्र आफन्तको शव नहेरि गाड्ने दिन आउन सक्छ !


  • डा. सागरकुमार राजभण्डारी
  • चैत्र १५ २०७६, शनिबार

यहाँहरुलाई थाहा नै छ । झण्डै डेढ महिना पहिले एउटा मात्रै केश पोजेटिभ देखापरेको हो । त्यो चाइनाबाट आएकोमा देखापरेको थियो । त्यसपछि चाहिँ डेढ महिनापछि थप दुईवटा केश देखापरेका छन् । एउटा फ्रान्सबाट आएको र अर्को खाडी मुलुकबाट आएको । लामो समयको चेकजाँज र प्रयासपछि हामीले पछिल्ला केशहरु आईडेण्टीफाई गरेका हौँ । यसो भनिरहँदा, आधिकारीक खबर मात्रै नागरिकले बुझ्नुपर्छ । विश्वश्नीय सञ्चार माध्यामबाट आएका समाचार मात्रै विश्वास गर्नुपर्छ । अर्को।, हाम्रा स्वास्थ्य संस्थाहरु विश्वसनीय सूचनाका माध्याम हुन् । पोखरामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागलुङमा धौलागिरी अञ्चल अस्पताल, म्याग्दीमा जिल्ला अस्पताल, पर्वतमा जिल्ला अस्पताल जस्तैः सबै ठाउँका स्वास्थ्य संस्थाका सूचनालाई विश्वास गर्न सकिन्छ । जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्थ चौकी तथा स्वास्थ्य केन्द्रहरु छन् । पछिल्लो समयमा यसको बिषयमा कयौँ नकारात्मक सन्देशहरु आइरहेका छन् । जसका कारण मानिसलाई आतंकित बनाउने काम भईरहेको छ । यसमा सबै सचेत रहन आवश्यक छ । आवश्यक सूचनाहरु सञ्चारमाध्यमले दिँदा पनि आधिकारिक स्वास्थ्यकर्मीबाट भेरिफाई गराएर मात्रै प्रकाशन प्रसारण गर्नुपर्ने हुन्छ । त्यो सूचनाले मात्रै नागरिकलाई सकारात्मक सन्देश दिन्छ ।

आइसोलेसन बेड बढाइँदै
यो झण्डै असी वर्षदेखि नेपालमा देखिने सरुवा रोग र मानिसहरुमा देखा पर्ने ट्रपिकल समस्याको उपचार गर्दै आएको अस्पताल यो हो । र, रेविज भ्याक्सिनको कुरा गर्नुपर्दा झण्डै ३३ प्रतिशत सुई यहीँ सरुवा रोग अस्पतालबाट लगाउने गरिएको छ । यति गर्दागर्दै पनि अहिले जुन प्रकोपहरु आइरहेको छ, यसलाई समस्याको रुपमा मात्रै नलिएर अवसरको रुपमा लिनुपर्छ भनेर हामीले भनेका छौँ । यसै अनुसार सरुवा रोगको मात्रै उपचार गर्ने एउटा अस्पताल हुनुपर्छ भनेर हामी लागेका छौँ । अहिले हामी ठाउँको खोजीमा पनि छौँ । सरकारले पनि यस्तै अस्पताल बनाउनुपर्छ भनेको छ । स्टडी र खोजी गर्न सकियोस् भनेर सरकार लागेको छ । जहाँसम्म अहिले कोरोनाको संक्रमणको कुरा छ । हामीले यहाँ रहेका अन्तरंग र बहिरंग सेवाहरुलाई अन्यत्रै सिफ्ट गरेर कोरोनाको उपचारका लागि यो अस्पताललाई फोकस गरेका छौँ । त्यस्ता व्यक्तिहरुलाई सकेसम्म अस्पतालमा नआउन भन्ने हिसाबले अरु सेवा सिफ्ट गरेका हौँ । आजका दिनसम्म भनौ हामीसँग ५ वटा आइसोलेसन बेड छ । जो संक्रमण भएर जोखिममा रहेका व्यक्तिहरुलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थामा यी बेडहरुको प्रयोग हुन्छ । टेष्टको आधारमा क्वारेन्टाइनमा राख्ने वा आइसोलेसनमा राख्ने भन्ने हुन्छ, सोही अनुसार राख्छौँ । जहाँसम्म रह्यो हामीसँग २५/३० वटा क्वारेन्टाइन बेड छ । ती बेडहरुमा अहिले पनि धेरै व्यक्तिहरु भर्ना हुनुभएको छ । हामीले क्वारेन्टाइनभन्दा आइसोलेसनको बेड बढाउने तयारी गरेका छौँ ।
सबै टेकु आउनु पर्दैन
सबैलाई शंका भन्दैमा सरुवा रोग अस्पतालमै ल्याउनु पर्छ भन्ने छैन् । उहाँहरुको चाहिँ सिमटमका आधारमा अन्य अस्पतालमा पनि उपचार गर्न सकिन्छ । उहाँहरुको समस्या हेरेर सबै अस्पतालले आइसोलेसन बेडमा राख्नुपर्छ । त्यहाँ राखेर नमुना संकलन गरेर शुक्रराजमा पठाउन पनि सकिन्छ । रिपोर्ट प्राप्त भैसकेपछि आइसोलेसन, क्वारेनटाइन वा होम क्वारेनटाइन के मा राख्ने भन्ने निधो गर्न सकिन्छ । यो सबै अस्पतालहरुले गर्न सक्छन् । अझै पछिल्लो समय सामान्य डिजिजका बिरामीलाई पनि कोरोनाको आरोप लगाएर शुक्रराजमै पठाउने गरेको पाइयो । त्यसलाई हामीले व्यवस्थापन थालेका छौँ ।
टेष्ट किट र पिपिई व्यवस्थापन हुँदैछ
पछिल्लो समयमा देखिराख्नुभएको छ सरकारले झण्डै ७ सय मान्छेमा मात्रै किट टेष्ट गरेको छ । जति धेरै टेष्ट भयो उति केश आईडेण्टीफाई हुने हो । तपाईं हामी सबैलाई थाहा छ, अब एक हप्ताको परिवेशले हाम्रो दुर्गम ठाउँमा समस्याहरु देखापरेका छन् । पछिल्लो समय भारतको खुल्ला बोर्डरका कारण बिकराल अवस्था छ । हाम्रो भित्र–भित्र समस्या छन् । अहिले जो परीक्षण केन्द्रमा मात्रै भैरहेको त्यो नगरेर प्रदेश प्रदेशमा परीक्षणको वातावरण मिलाउनु पर्नेछ । त्यसले मात्रै संक्रमितको पहिचानमा सहयोग गर्छ । सरकारले पनि केही बाहिरका अस्पताललाई पनि दिने भनिराखेको छ । हिजोका दिनमा नै स्वास्थ्य मन्त्रालयले धरान, पोखरा लगायतका ठाउँबाट पनि सेवा सुरु गर्ने भनेको छ । त्यसको लागि किट र पीपीईको व्यवस्थापन पनि हुँदैछ ।
फ्रान्सबाट आएकाको खोजि हुँदैछ
उहाँहरुको भैसकेको छ । हामी इन्भेष्टिकेशनमा छौं । उहाँहरुको किट टेष्टमा गएको छ । नतिजा आउन बाँकी छ । उहाँहरु पनि होम क्वारेनटाइनमा बस्नुभएको छ । सँगै आएकाहरुको कोरोना टेष्टभन्दा पनि ४७ जिल्लाका व्यक्तिहरुसँगै आएको भन्ने छ । उहाँहरुलाई ट्रस गरेका छौँ । उहाँहरुमा केही समस्या आएको छैन् । उहाँहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । सुरक्षा तथा स्वास्थ्यकर्मीले निगरानी गरिराख्नुभएको छ । आवश्यक परे टेष्ट हुन्छ ।
बागलुङकै पनि ढुक्क छैन
जहाँसम्म मैले पनि तपाईंहरुको यहि मिडियामार्फत एक जनाको नेगेटिभ रिजल्ट आएको जानकारी पाएँ । यसमा चाहिँ नेगेटिभ भन्दैमा हामी ढुक्क हुने अवस्था छैन् । केही दिनमा नआएको समस्या पनि आउन सक्छ । अर्को रिपोट आउन बाँकी छ ।लक डाउन लम्ब्याउनु पर्छ
यो लकडाउन भनेको सावधानीको अन्तिम उपाय हो । सोसल डिस्टेन कायम होस भनेर यसो गरिएको हो । वास्तवमा यो समयमा सबै नागरिक सजग र सचेत हुन जरुरी छ । आफूले आफैलाई सुरक्षित बनाउन जरुरी छ । कोभिड–१९ को जुन संक्रमणको अवस्था छ, यो ठुलो नहोस् भनेर गर्नुपरेको हो । हामीले हात धुने, सेनिटाइजर प्रयोग गर्न सकिएन भने अवस्था थप गम्भीर हुन सक्छ । त्यसैले लकडाउनले हामीलाई धेरै सिक्ने अवसर सिर्जना गरिदिएको छ । यसको पालना गर्नैपर्छ । यो अहिलेभन्दा दुई हप्ता पहिले हुनुपर्ने थियो । ढिलो भए पनि यो एकदमै सकारात्मक कदम हो । हामीले यसलाई फ्लो गर्न सकेनौ भने कहिल्यै नसोचेको अवस्था आउन सक्छ । आफ्नै आफन्तको शव नदेखि गाड्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले यो लकडाउन सबैको हितमा छ । यो भन्दा पहिले भएका प्रयासहरु पनि नराम्रा थिएनन् । विदेशबाट आउनेलाई चेकजाँच गरेर भित्र्याइको भएपनि धेरै भाइसाथीहरु आउनुभएको छ । उहाँहरुमा लक्षण देखापरे पनि वा नपरेपनि हामी यो लम्ब्याएर अझै १४ दिन बनाउन जरुरी छ । तब मात्रै हामी एउटा अवस्थामा आउँछौं । यो अवस्था एकदमै महत्वपूर्ण अवस्था हो । जुन सरकारले लकडाउन गरेको छ, यसमा हामी सबै नेपाली मिलेर आफू लाई बचाउन सहयोग गर्नुपर्छ ।
बाँचे भोलि पनि रमाइलो
खास गरेर त्यस्ता व्यक्तिहरु विदेशबाट एक÷दुई महिनामा आउनु भएको छ उहाँहरुलाई समस्या देखापरे घरमै बस्न आग्रह गर्छु । बाँचे भोलि पनि रमाइलो गर्न सकिन्छ, पाइन्छ । यो अवस्था भयावह भयो भने अमेरिकाले त सकेन, इटलीले त सकेन भने हामी कसरी सक्छौँ । अफ्ठेरो अवस्था आइसकेपछि कसैलाई गाली गरेर कामै छैन । सचेत हुने भनेको हामी नै हो । यस्तो अवस्थामा हामी सबै मिलेर देशलाई कोरोनामुक्त बनाउन हामीले महत्वपूर्ण योगदान दिनुपर्छ । उच्च जोखिममा रहेका देशहरुबाट आउने दाजुभाई दिदीबहिनीहरुले स्वास्थ्यको ख्याल गरेर आफ्नो जानकारी स्थानीय सरकारलाई उपलव्ध गराउनुहोला । जसका कारणले अफ्ठेरो परे व्यवस्थापनमा सहज होस् । चिकित्सकहरुलाई मेरो अनुरोध, तपार्इँहरु पनि सुरक्षित हुनुपर्छ । सुरक्षा सामग्रीको प्रयोग गर्न नभुल्नुहोला । पीपीई लगाएर काम गर्नुहोला । स्वास्थ्यकर्मीले पीपीई नपाइरहेको अवस्थामा साधारण व्यक्तिहरुले यो लगाई राखेको मैले देखेको छु । संकटको बेला यसो नगर्न आग्रह गर्दछु ।
प्रस्तुति : तारानाथ आचार्य

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->