बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कोरोनाबारेको सचेतना फैलाउदै कटुवाल

कोरोनाबारेको सचेतना फैलाउदै कटुवाल


  • संजय रेग्मी
  • चैत्र १५ २०७६, शनिबार

पर्वत, १५ चैत – पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामबहादुर परियार बिहान सबेरैदेखि कर्नाल फुक्दै ‘स्पिकर’ मा चर्कोसँग बोलेर भन्दै थिए, ‘लौ है गाउँ गाउँमा कोरोनाको जोखिम बढेको छ, तपाईँको गाउँ टोलमा विदेशबाट, सहरबाट कोही आएको भए उहाँको स्वास्थ्यको बारेमा ध्यान दिनुहोला, वडा कार्यालयमा जानकारी गराउनुहोला, तपाईँहरू पनि यो बेलामा घर बाहिर ननिस्कनुहोला, भीड नगर्नुहोला, अटेर गर्नुभयो भने प्रहरी आएर कारबाही गर्नेछ ।’ यामबहादुरले पटक पटक हात धुन, दुई जनाबिच कुरा गर्दा दुरी कायम गर्न, खोक्दा र हाँछ्यू गर्दा कपडाले नाक मुख ढाक्न, हात नमिलाउन अनुरोध गर्दै थिए ।
सहरी क्षेत्रमा कोभिड १९ को सङ्क्रमणको विषयमा सचेतना पैmलाउन सजिलो छ । सहरमा बस्नेहरू यसको बारेमा बढी जानकार छन् । सतर्कताका सामग्रीहरू छापिएका पत्रपत्रिका, अनलाइनमा अध्ययन गर्नको लागि इन्टरनेटको पहुँच, सतर्कता बढाउने सामाजिक समूह र सरकारी निकायहरू पनि बिशेषत सहरमा केन्द्रित छन् ।
गाउँमा जति पनि सचेतनाका पैmलाउने कामहरू भइरहेका छन् तीनमा सहरबाट ‘सेल्फ क्वारेन्टाइन’ को लागि गाउँमा फर्किएका जागिरे र विद्यार्थीहरू छन् । त्यसबाहेक एफ.एम स्टेसनहरूबाट प्रसारित जानकारीहरू छन् । देशलाई ‘लकडाउन’ गरिएपछि सहरमा बस्दै आएकाहरू धेरै गाउँमा फर्किएका छन् । जसका कारण सहर सुनसान बनिरहेको बेलामा गाउँहरूमा भने दसैँको जस्तै चहलपहल छ । चहलपहल जति बढेको छ गाउँहरूमा जोखिम पनि उत्तिकै छ । यही जोखिमलाई कम गर्न, गाउँ गाउँमा सतर्कताका तरिकाहरू अपनाउन परम्परागत रूपमा प्रयोग हुँदै आएका सूचनाका संवाहक कटुवालहरू उपयोगी बनेका छन् ।
वडाध्यक्ष अर्जुनबहादुर कार्कीले गाउँहरूमा सचेतना पैmलाउन वर्षौँदेखि प्रयोग हुँदै आएका कटुवालहरू उपयोगी हुने भएकोले वडाले पनि कटुवाललाई घोक हाल्न लगाएर सचेतना पैmलाइरहेको बताए । ‘सहरमा बस्नेहरू त बुझेका होलान् तर घर गाउँमा रहेका ज्येष्ठ नागरिकहरूलाई यस बरेमा थाहा पाउन कठिन हुने भएकोले कटुवाललाई लगाएर घोक हाल्न लगाएका छौँ ।’ उनले भने, ‘कटुवाल प्रत्येक टोल टोलमा पुगेर कोरोनाको सङ्क्रमणबाट कसरी सुरक्षित हुन सकिन्छ ? भनेर घोक हाल्छन् । हामीहरूले उनले बोल्नुपर्ने कुराहरू प्रिन्ट हानेर दिएका छौँ ।’
शंकरपोखरी जस्तै फलेवासका अन्य वडाहरूमा पनि कटुवालहरूलाई गाउँ गाउँमा पठाएर कोभिड १९ को बारेमा जानकारी बाँड्ने कामहरू भइरहेको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताए । हरेक टोलहरूमा माइकिङ गराउनेदेखि पालिकाले हरेक घर घरमा हात धुनको लागि साबुन उपलब्ध गराइरहेको उनको भनाई छ । ‘हरेक टोलमा माइकिङ गराइरहेका छौँ, हात धुनको लागि घर घरमा साबुन पठाइरहेका छौँ । हामी यसको सतर्कताका लागि हर सम्भव कामहरू गरिरहेका छौँ ।’ उनले भने, ‘पालिकाले विदेशबाट गाउँ फर्किएका सबैलाई क्वारेन्टाइनमा राखिरहेको छ, बाहिरबाट गाउँमा भित्रिएकाहरूको खोजी गरेर नामावली सङ्कलन पनि गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->