बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फोहोरको डंगुरमा पैसाको बोरा भेटियो !

फोहोरको डंगुरमा पैसाको बोरा भेटियो !


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७६, शनिबार

म्याग्दी, १५ चैत– बेनी नगरपालिका–९ गलेश्वर शिवालय मन्दिर बाहिर रहेको प्रतिक्षालयमा बस्ने एक बृद्धाको कोठामा रहेको दुर्गन्धित फोहोरको डंगुरबाट हजारौं रुपैयाँ नगद रहेको बोरा फेला परेको छ । वर्षौंदेखि गलेश्वरमा दर्शन गर्न आउने भक्तजनलाई मागेर खाद्यान्न, लत्ताकपडासहित अन्य दैनिक उपभोग्य बस्तुहरु थुपारेर थुप्रो लगाएकी बृद्धा दिलमाया विक सुत्ने कोठा सरसफाई गर्दा ७८ हजार फेला परेको गलेश्वर आमा समुहकी अध्यक्ष गौमाया गर्बुजाले बताइन् ।
चिसो बोरालाई आगोमा हाल्ने तयारी भइरहेको अवस्थामा एक सयको नोट देखिएपछि तत्कालै निकालिएको गर्बुजाले जानकारी दिइन् । एउटा बोराभरीको पैसा करिब एक घण्टा लगाएर गन्दा ७८ हजार भएको गर्बुजाको भनाई छ । अधिकांश नोट भिजेको अवस्थामा फेलापरेको नोट ५, १०, २०, ५० र १ सयको रहेको थियो । दैनिक मन्दिर तथा आसपासका क्षेत्रमा माग्ने गरेकी विकको यसघि समेत फोहोर पन्छाउँदा १२ हजार र ७ हजार भेटिएपछि वित्तिय संस्थामा जम्मा गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->