बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका क्वारेन्टाइनमा पाँच महिला सहित ३३ जना

म्याग्दीका क्वारेन्टाइनमा पाँच महिला सहित ३३ जना


  • धुर्वसागर शर्मा
  • चैत्र १७ २०७६, सोमबार

म्याग्दी, १७ चैत  – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संत्रमणबाट बच्नका लागि म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहमा बनाइएका १ सय ८ बेडको क्वारेन्टाइनमा सोमबार विहानसम्म ३३ जना बसेका बसेका छन् ।
बनी नगरपालिका,मंगला र रघुगंगा गाउँपालिकाका गरी अहिलेसम्म विदेशबाट आएका ५ महिला र २८ पुरुष क्वारेन्टाइनमा बसेका कोरोना भाइरस रोकथाम समिति अन्तगतको कमाण्ड पेष्टमा रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहमा समेत विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र्निायसगै आज (सोमबार)बाट संख्या बढ्ने बताए ।
‘विदेशबाट आएकाहरु धमाधम सम्पर्कमा आउनुभएको छ,चैत १ गते यता विदेशबाट आउनुभएकाहरु अनिवार्य क्वारेन्टाइनमा आउनुपर्छ,उनले भने ।
क्वारेन्टाइनको एउटा कोठमा एक जनालाई मात्र राख्ने प्रयास गरिएको मा त्यो सम्भव नभएपछि दुई जनालाई राखिने कमाण्ड पोष्टले जनाएको छ ।
स्थानीयतहका जनप्रतिनिधिलाई क्वारेन्टाइनमा पठाउने वातावरण बनाउन अनुरोध गर्दै क्वारेन्टाइनमा निशुल्क खानेबस्ने सहित इन्टरनेटको समेत सुविधा रहेको छ ।
यसैबीच आइतवार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा रहेको कमाण्ड पोष्टको बैठकले तीनवटा निर्णय गरेको छ । ११ सदस्यीय बोर्डको बैठकले बेनी अस्पतालमा ६ बेडको आइसोलेसन वार्डसंगै जिल्लभर स्वास्थ्यकर्मीले लगाउने ८६ वटा पिपिई रहेको जानकारी दिएको छ भने खाद्यान्न सहित पेटोलियम पदार्थक नियमित बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->