बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुई पक्राउ

लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुई पक्राउ


  • ढोरपाटन संबाददाता
  • चैत्र १७ २०७६, सोमबार

म्याग्दी, १७ चैत– जिल्ला प्रहरी कार्यालय म्याग्दीले लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसारमा संलग्न दुई जनालाई सोमबार पक्राउ गरेको छ । ६ कार्टुन मादकपदार्थ (मदिरा) बोकेर बेनीबाट राखुतर्फ जाँदै गरेको ग२च ८८६१ नम्बरको जीपसहित चालक बेनी नगपालिका–८ का सुनिलकुमार शाह र सह–चालक जलजला गाउँपालिका–३ का असल परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न नेपाल सरकार मन्त्री परिषद्को निर्णयबमोजिम चैत ११ गतेदेखि अत्यावश्यक वस्तु र सेवामात्र संचालनको आदेश जारी गरेको अवस्थामा अत्यावश्यक वस्तुको नाममा मदिराको ओसारपसार गरेको पाइएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए । बरामद भएको मादकपदार्थ तथा नियन्त्रणमा रहेका दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाइएको छ ।
यस्ता क्रियाकलापहरु निषेधाज्ञा विरुद्धका कार्यहरु भएकाले पक्राउ परेकालाई संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसुरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानुनी कारबाही हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->