शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्वतबाट पठाइएको दोस्रो नमुना रिपोर्ट पनि नेगेटिभ

पर्वतबाट पठाइएको दोस्रो नमुना रिपोर्ट पनि नेगेटिभ


  • Dhorpatan News
  • चैत्र १८ २०७६, मंगलबार

पर्वत, १८ चैत -कोरोना भाइरस (कोभिड १९) को आंशका गरिएकी पर्वतकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार जिल्लाको बिहादी गाउँपालिका १ घर भएकी ३० बर्सिया महिलामा कोरोनाको लक्षणसँग मिल्ने गरी १ सय ३ डिग्रीसम्मको उच्च ज्वरो आएको भए पनि कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो ।

‘उहाँमा उच्च ज्वरो आएको थियो, सिटामोलले ज्वरो नघटेको कारण हामीले कोरोना सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा आईसोलेसनमा राखेका थियौँ ।’ डा. देवकोटाले भने, ‘यो पर्वतबाट पठाइएका नमुना अन्तर्गत दोस्रो हो, यो पनि नेगेटिभ आएको छ । हामी सबैको लागि खुसीको कुरा हो ।’

ती महिलालाई उच्च ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा रुघा खोकी पनि रहेको पाइएपछि कोरोना सङ्क्रमणको शङ्का भएपछि गत शुक्रवार पर्वत सदरमुकाममा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->