म्याग्दी, १८ चैत– म्याग्दीको बेनी नगरपालिका–९ घतानको ढाडिखेतमा मंगलबार मानिसहरु भेला भई राँगो काटेर भागबिलो लगाउँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको अवज्ञा गर्दै १५ जनाभन्दा बढि मानिसहरु भेला भै राँगो काटिरहेको सूचनाको आधारमा प्रहरी उक्त स्थानमा पुगि सम्झाउँदा नमानेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ग्रामिण क्षेत्रमा लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि समुदायसंग सहकार्य गरी प्रहरीले अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा भीडभाड गरिरहेका मानिसहरुलाई सम्झाउँदा उल्टै प्रतिवाद गरेपछि स्थानीय सजग युवाहरुको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरण कुवँरले बताए । पक्राउ पर्नेहरुको नाम भने सर्वाजनिक गरिएको छैन । ‘धमाधम कारबाही भइरहेको छ, हामीले प्रशासनलाई जिम्मा दिन्छौं’ प्रनाउ कुवँरले भने ।





