बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कुश्मामा ५० लाखको राहत कोष, नेकपाको ५० हजार सहयोग

कुश्मामा ५० लाखको राहत कोष, नेकपाको ५० हजार सहयोग


  • Dhorpatan News
  • चैत्र २१ २०७६, शुक्रबार

पर्वत, २१ चैत – पर्वतको कुश्मा नगरपालिकाले कोरोना राहत कोष स्थापना गरेको छ । महामारीको रुपमा फैलिएको कोभिड–१९ को नियन्त्रण र रोकथामका काममा खर्चहुनेगरी ५० लाखको राहत कोष बनाईएको हो । कोषमा नगरपालिकाले १५ लाख, कार्यरत कर्मचारीहरुहरुवाट २ लाख जनप्रतिनिधी वाट रु ३ लाख, विभिन्न संघ संस्था मार्फत १० लाख, प्रदेश सरकार वाट १० लाख र अन्य विभिन्न निकायहरु मार्फत थप रकम संकलन हुने कार्यापालिकाले जनाएको छ । कोषको रकमलाईसामाग्री खरिदमा १५ लाख र कोरोना अस्पताल व्यवस्थापन तथा मेडिकल सामाग्रीहरु खरिद बाँकी रकम खर्च हुने छ । लकडाउनको वेलामा कोरोनाले निम्त्याएका पीडित, विपन्न परिवार तथा ज्याला मजदुरी गरी जीवन गुजारा चलाउने, साँझविहान हातमुख जोड्न कठिनहुने निम्न वर्गका लागि पनि सोही कोषको रकम खर्च गरेर राहत उपलव्ध गराईने छ । यसैबिच नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटीले कुस्मा नगरपालिकाको उक्त कोषलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->