बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलविद्युत आयोजनाका मजदुर आन्दोलित

जलविद्युत आयोजनाका मजदुर आन्दोलित


  • Dhorpatan News
  • चैत्र २४ २०७६, सोमबार

म्याग्दी, २४ चैत– जिल्लाको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणधिन मिस्त्रीखोला जलविद्युत आयोजनाका दुई सय बढी मजदुरहरु आन्दोलित भएका छन् । आन्दोलित मजदुरहरुले शनिबार दिनभर आयोजनाको प्रर्वद्धक रोवष्ट इनर्जीको नारच्याङ बेशीगाउँमा रहेको साइट कार्यालय घेराउ र नाराबाजी गरेका थिए ।
निर्माणको अन्तिम चरणमा पुगेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाका मजदुरहरुले लकडाउनको समयमा घर नपठाएको, बिरामी मजदुरको उपचार नगरेको, घरमा आफन्तको मृत्यु हुँदासमेत किरीया गर्न जान नदिएको र ज्याला नदिएकोले बाध्य भएर आन्दोलित हुनुपरेको बताएका छन् । कोरोना जोखिमका कारण २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन सरकारले आग्रह गरेपनि रोवष्ट इनर्जी प्रा.लि. प्रर्वद्धक रहेकोे मिस्त्रीखोलाको सिभिल ठेकेदार हाई हिमाल कन्ट्रक्सनले आफूहरुलाई ज्याला नदिइ लकडाउनको समयमा घर नपठाएकोले बाध्य भएर आन्दोलित हुनुपरेको मजदुरहरुले बताएका छन् ।
मजदुरहरुका अनुसार, ठेकेदार कम्पनीले आयोजनामा काम गर्ने दुई सयभन्दा बढी मजदुरहरुलाई साढे दुईमहिना (७५) दिनको ज्याला दिएको छैन् । ठेकेदारकै बेवास्ताका कारण लकडाउनको समयमा घर जान नपाएको उनीहरुको दुखेसो छ । लकडाउनको समयमा खान बस्नका लागि ठेकेदारले बेवास्ता गरेको गुनासो उनीहरुको रहेको छ ।
रोवष्ट इनर्जीका प्रतिनिधि चुडामणी निरौलाले ठेकेदार हाइ हिमालको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण आयोजनाले बदनामी ब्यहोर्नुपरेको गुनासो गरे । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरनजंग कुवर, वडा अध्यक्ष चन्द्रप्रकाश फगामी, रोवष्टका प्रतिनिधि चुडामणी निरौलाले ठेकेदार कम्पनीका आयोजना व्यवस्थापक तिलक रानालाई मजदुरको समस्या सम्बोधन गराउने प्रतिवद्धता जनाउन लगाएपछि वातावरण साम्य भएको छ ।
प्रजिअ ढकालले मजदुरको समस्या र गुनासोप्रति गम्भिर भएर सुनुवाई नगरे कारबाही गर्ने चेतावनी दिएपछि आयोजना व्यवस्थापक राना लचक भएर प्रस्तुत भएका थिए । सवारी पास नदिने गृह मन्त्रालयको निर्देशनपछि पास जारी गर्न नसकिने तर सरकारको निर्णय अनुसार सुरक्षाको उपाय अपनाएर आयोजनाको काम गर्न ठकेदार, मजदुर र आयोजनालाई प्रजिअ ढकालले आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->