आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउन उल्लंघन गर्नेलाई पक्राऊ गर्दै व्यायम गराउदै प्रहरी

लकडाउन उल्लंघन गर्नेलाई पक्राऊ गर्दै व्यायम गराउदै प्रहरी


  • Dhorpatan News
  • चैत्र २४ २०७६, सोमबार

बागलुङ, २४ चैत– लकडाउनको बेवास्ता गर्नेहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । आईतवारदेखि लकडाउनमा कडाई थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार ४१ जनालाई पक्राऊ गरेको छ । सोमवार बिहान ३० जना र सांझ ११ जनालाई नियन्त्रणमा लिएको हो । बजारक्षेत्रमा गस्ती गरेर लकडाउनको बेवास्ता गर्नेहरुलाई पक्राउ गरीएको प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए । पक्राउ परेका सबैलाई धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गडमा राखि  आवश्यक चेतावनी सहित सेना प्रहरीले गर्ने व्यायमहरु गराएर छोडिने गरिएको केसीले बताए । ठुलो समुहमा बजारमा परिचालित भएका प्रहरीले सडकमा निस्केका सर्वसारणलाई नियन्त्रणमा लिने गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बजार क्षेत्रमा गस्ती गरिरहेका छन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->