शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बडिगाडमा भिरबाट लडेर एक किशोरको मृत्यु

बडिगाडमा भिरबाट लडेर एक किशोरको मृत्यु


  • Dhorpatan News
  • चैत्र २५ २०७६, मंगलबार

बागलुङ, २५ चैत – जिल्लाको बडिगाड गाउँपालि ४ जलजलामा भिरबाट लडेर एक किशोरको ज्यान गएको छ । लब्दीखोलाको भिरमा घाँस काट्न गएका १६ वर्षीय विमल थापाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सोमबार दिउसो ३ : ३० बजे  घाँस काट्न गएका थापा साँझ सम्म पनि घर नर्फकिएपछि आफ्न्तले खोजी गर्दा लब्दीखोला छेउमा घाइते अवस्थामा भेटिएका थिए ।
घाइते थापालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगेको भएपनि मंगलबार विहान उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरी जवान  हिमाल पौडेलले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->