शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बरेङको क्‍वारेन्टाइनमा बसेका ८ जनाको स्वाब संकलन

बरेङको क्‍वारेन्टाइनमा बसेका ८ जनाको स्वाब संकलन


  • ढोरपाटन संबाददाता
  • चैत्र २५ २०७६, मंगलबार

बागलुङ, २५ चैत– जिल्लाको बरेङ गाउँपालिकामा भारतबाट आएका ६ जनासहित ८ जनाको कोरोना परीक्षणका लागि थ्रेट स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङस्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाईनमा पुगेर थ्रेट स्वाब संकलन गरेको हो ।
नेपाल भारत सिमाको गौरीफन्टा नाकाहुँदै आएका कैलालीका एक युवामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै नेपाल छिरेका चार जनाको परीक्षण थालिएको हो । उनीहरु भारतको कर्नाटकबाट धनगढीहुँदै पाल्पामा ७ दिन बसेर बागलुङको बरेङ आएका थिए । बरेङ आएको दिनदेखिनै सर्बोदय माविको क्वारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रेट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
त्यस्तै, भारतकै मुम्बईबाट आएका दुईजनाको पनि स्वाब संकलन भएको छ । गुल्मीको शान्तिपुरसम्म उनीहरुलाई लिन पुगेका थप दुई जनाको पनि स्वाब संकलन गरिएको गुरौले बताए । उनीहरु नयाँबजारको जनता प्राविको क्वारेन्टाईनमा बसेका छन् । मंगलबार संकलन भएको स्वाब बुधबार बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईने छ ।
यसअघि बागलुङमा १८ जनाको स्वाव परिक्षण भैसकेको छ । परिक्षण गरिएकामध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको छभने १६ जनाको नेगेटिभ देखिएको छ । पोजेटिभ देखिएका दुबैको धौलागिरी अञ्चल अस्पतालको आईसोलेसन कक्षमा उपचार भैरहेको छ । बाँकी १६ जनाको रिपोर्ट नेगेटिभ आएपनि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गुरौले जानकारी दिए ।
जिल्लामा ¥यापिड टेष्ट गर्ने भनेर मन्त्रि परिषदले निर्णय गरेपनि गुणस्तरमा शंका उत्पन्न भएकाले केन्द्रदेखी चेकजाँच गरेर भरपर्दो भएपछि मात्र शुरु गरिने अस्पताल बागलुङका डा. शैलेन्द्र वि. पोखरेलले बताए । मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै ८ सय १३ र संक्रमितको सम्पर्क तथा गाउँका केहीको गरि ९ सय परीक्षण गर्नुपर्ने बताएको भएपनि ¥यापिड टेष्ट प्रक्रिया अन्यौलमा रहेको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->