आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउन उल्लंघन गर्ने २८ जना पक्राउ

लकडाउन उल्लंघन गर्ने २८ जना पक्राउ


  • Dhorpatan News
  • चैत्र २५ २०७६, मंगलबार

बागलुङ, २५ चैत– लकडाउनमा कडाई गरिरहेको प्रहरीले मंगलबार पनि उल्लंघन गर्ने २८ जनालाई बजारबाट नियन्त्रणमा लिएको छ । लकडाउनको बेवास्ता गर्नेहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीपछि छोड्ने गरिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । बजारक्षेत्रमा गस्ती गरेर लकडाउन बेवास्ता गर्नेलाई पक्राउ गरिएको प्रनि केसीले बताए ।
पक्राउ परेका सबैलाई धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गडमा राखिएको थियो । उनीहरुलाई आगामी दिनमा लकडाउन उल्लंघन गरेको पाइएका मुद्धा चलाउने चेतावनीका साथ सम्झाई–बुझाई गरेर छोडिएको केसीले बताए । ‘हामीले पक्राउ परेकाहरुको फोटो भिडियो बनाएर राखेका छौं’ केसीले भने ‘फेरी पक्राउ परे सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाहीको प्रकृया थाल्छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->