आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना महामारी रोकथाम र राहतको लागि तमानखोला सक्रिय

कोरोना महामारी रोकथाम र राहतको लागि तमानखोला सक्रिय


  • ढोरपाटन संबाददाता
  • चैत्र २७ २०७६, बिहिबार

बागलुङ, २७ चैत – तमानखोला गाउँपालिकाले ज्याला मजदूरी गर्ने र विपन्न नागरिकको लगत संकलन गरेर राहत वितरणको तयारी थालेको जनाएको छ । प्रदेशबाट प्राप्त हुने ५ लाख र गाँउपालिकाको ६ लाख गरी ११ लाख बरारबरको राहतमा उपलब्ध गराइने खाद्यान्न सामग्री खरिदको काम सकेको अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । गाउँपालिकाका ५ सय २५ घरपरिवारलाई राहत वितरण गर्ने तयारी भएको अध्यक्ष बुढाले बताए । प्रदेश सरकारले बनाएको मापदण्ड अनुसार प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, २ किलो नून, १ लिटर तेल र ४ वटा साबुन वितरण गरिने अध्यक्ष बुढाले जानकारी दिए ।
तमानखोला गाँउपालिकामा पनि १४ थान पीपीई उपलब्ध छन् । जोखिमको अवस्था हेरेर ८ थान गाँउपालिकाले खरिद गरेको र ६ थान प्रभु बैंकको समन्वयमा महाबीर पुनको आविष्कार केन्द्रमार्फत प्राप्त भएको अध्यक्ष जोकलाल बुढाले बताए । ३ वटा स्वास्थ्य चौकीमा २÷२ थान प्रदान गरेको र बाँकी गाँउपालिकामा रहेको उनले बताए ।
तमानखोलाले बोङगादोभानमा स्थापना गरेको हेल्थ डेक्स र स्थानीय स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधीले समेत सचेतना जगाउने काम गरेको अध्यक्ष जोकलाल बुढाले बताए । बाहिरबाट आएकालाई होम क्वारेन्टाईनमै राखेर संक्रमणको जोखिमलाई कम गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->