बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जान पाइने

शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जान पाइने


  • Dhorpatan News
  • चैत्र २७ २०७६, बिहिबार

काठमाडौं, २७ चैत – सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ।बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो। लक डाउनको बेला मानिसहरू हिँडेरै टाढा-टाढा आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो। यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->