आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मुख्यमन्त्री गुरुङ एक्कासी आइपुगे धौलागिरी अञ्चल अस्पतालमा

मुख्यमन्त्री गुरुङ एक्कासी आइपुगे धौलागिरी अञ्चल अस्पतालमा


  • ढोरपाटन संबाददाता
  • चैत्र २८ २०७६, शुक्रबार

बागलुङ, २८ चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रवार विहान अकस्मात धौलागिरी अञ्चल अस्पतालमा आइपुगेका छन् । कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार भइरहेको अस्पतालको निरीक्षण गर्न मुख्यमन्त्री  गुरुङ सहित, मुख्य सचिव हरिप्रसाद बस्याल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोबिन्द नेपाली  लगाएतको टोली बागलुङ आइपुगेका हुन । यो अस्पताल कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्ने गण्डकी प्रदेशको पहिलो र मुलुककै तेस्रो अस्पताल हो ।
अस्पतालमा उपचारत बागलुङकी १९ बर्षिय युवतीसंग विहिवार टेलिफोनमा संवाद गरेका मुख्यमन्त्री गुरुङ शुक्रवार विहानै एक्कासी अस्पताल आईपुगेका हुन् । उनले शुक्रवार बानपा-३ गौडाकोटकी संक्रमित महिलासंग समेत फोनमा कुराकानी गरि स्वास्थ्य अवस्थाको वारेमा बुझेको प्रेस सल्लाहकार बिक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङले  अस्पतालमा रहेका विरामीको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिने र आवश्यक निर्देशन दिएर फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->