आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एम्बुलेन्स चालकहरु भन्छन् : ‘बिरामीले बोलाउँदा जाऊँ कि नजाऊँ जस्तो हुन्छ’

एम्बुलेन्स चालकहरु भन्छन् : ‘बिरामीले बोलाउँदा जाऊँ कि नजाऊँ जस्तो हुन्छ’


  • ढोरपाटन संबाददाता
  • चैत्र २८ २०७६, शुक्रबार

पोखरा, २८ चैत – ताङतिङका कुलबहादुर गुरुङले फिस्टेल अस्पताल गैह्रापाटनको एम्बुलेन्स चलाउन थालेको ४ वर्ष बढी भइसक्यो । पहिला गाउँकै गाडी चलाउँदै आएका कुलबहादुर ४ वर्षदेखि फिस्टेल अस्पतालको एम्बुलेन्स चलाउँछन् । ४ वर्षदेखि बिरामी बोक्दै आएका गुरुङलाई यसअघि बिरामी बोक्न जाँदा डरै लाग्थेन । अहिले बिरामीेको फोन आइ हाले, जाऊँ किन नजाऊँजस्तो हुन्छ । ‘जाने कि नजाने ?’ भन्छन्, ‘जाँदा रिस्क छ । नजाऊँ बिरामीलाई पनि समस्या हुने ।’ विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको सन्त्रासका अस्पतालले सिंगो विश्वलाई नै छोपी रहँदा उनलाई नछुनै कुरै भएन ।
अस्पतालले दिने भनेको सुरक्षा कवच (पिपिई) पनि उनले पूरै पाएका छैनन् । बल्लतल्ल एउटा गाउन पाएका थिए । त्यो पनि रेनकोट जस्तो । बल्लतल्ल पाएका गाउनले संक्रमण हुन्न भन्ने के भर ? त्यो पनि आफैंले किनेका रहेछन् उनले । ‘त्यहीँ कोट पनि आफैंले किनेको थिएँ,’ उनी भन्छन्, ‘चस्मा पनि छैन, ग्लोब्स पनि छैन ।’ पिपिईको पूरा सेटम गाउन, मास्क, टोपी, चस्मा, पञ्जा, बुट वा बुट कभर पर्छ । तर, उनले गाउन मात्रै पाएका रहेछन् ।
केही दिनअघि जनस्वास्थले सुरक्षासम्बन्धि तालिम दिने भनेको रहेछ । त्यो पनि उनलाई चित्त बुझेको रहेनछ । ज्यानकै जोखिम मोलेर बिरामी बोक्नुपर्दा सरकारले राहतका कार्यक्रम ल्याए त हुने हो । तर, सरकारले बेवास्ता गरे जस्तै लाग्छ रे, उनलाई ।
यसरी ज्यानै जोखिममा पारेर बिरामी बोक्नु पर्दा क्ुलबहादुर परिवार सम्झिन्छन् । मलाई केही भई हाले परिवारलाई के होला ? उनी तर्सिन्छन् । ‘ज्यानै जोखिममा छ, कतिबेला संक्रमण हुने हो’, उनले भने, ‘सरकारले यसरी काम गर्दा राहतका कार्यक्रम ल्याइदिए हुन्थ्यो ।’
हरियोखर्क अस्पताल–नयाँगाउँका एम्बुलेन्स चालक रोशन गुरुङलाई पनि बिरामीको फोन आइहाल्यो भने डर लाग्छ आजकाल । यो भन्दाअघि बिरामीको फोन आउँदा यसरी उनी कहिले आत्तिन्नथे । आजकाल केही हुने पो हो किन भनेर डर लाग्छ रे । प्रदेश सरकारले एम्बुलेन्स र ड्राइभर स्ट्याण्डबाई राख्न भनेको छ । अस्पतालले पनि त्यसै भनेको छ । जिम्मवारीबाट पन्छिने कुरा पनि आएन । जिम्मेवारी त पूरा गरेकै हो । तर, आफू सुरक्षित नभई अरुलाई कसरी बचाउने ।
आफू सुरक्षित हुन पाए केही पनि हुन्न भन्ने लागेको छ ,उनलाई । तर, सुरक्षा सामग्री उनले पूरै पाएका छैननु । सुरक्षित हुन पाए केही नहुनेमा ढुक्क छन् । ‘बिरामी भए त जानै पर्ने छ,’ उनी भन्छन्, ‘आफू सुरक्षित भैयो भने त डर केही पनि हुन्थेन । तर, सुरक्षाका सबै सामग्री पाइएको छैन ।’ सरकारले सुरक्षा सामग्रीको व्यवस्था गरिदेओस् जस्तो लागेको छ उनलाई ।
बिजी अस्पताल माटेपानीका चालक शिशिर नेपाली पनि संक्रमित होइन्छ भन्ने डरमा त छन् । तर, संक्रमित व्यक्तिलाई बोक्नु परे मात्रै संक्रमित होइन्छ भन्ने लाग्छ । बिरामी बोक्न जाँदा पनि संक्रमित हो कि होइन भनेर सोध्छन् । त्यसरी नै जाने गरेका छन् रे उनी । चीनबाट केही दिन अघि मात्रै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा ल्याइएको पिसिआर मेसिनसहित पिपिई पनि आएको थियो । तर, पिपिईमा गाउन मात्रै भेटिएको थियो । प्रदेश सरकारलाई यस विषयमा प्रश्न गर्दा स्वास्थकर्मी र चालकहरुलाई पर्याप्त सुरक्षा सामग्री पुगेको बताउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->