शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

हेलिनलाई रेड स्यालुट

हेलिनलाई रेड स्यालुट


  • सागर कुँवर
  • चैत्र २९ २०७६, शनिबार

प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छन् भन्ने कुरा पछिल्लोपटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षीया क्रान्तिकारी गायिका हेलिन बोलेकलाई निल्यो । २८८ दिनसम्म भोकहडतालमा रहेकी बोलेकलाई मार्नुमा नै टर्कीको प्रतिक्रियावादी सत्ताले उचित देख्यो ।
टर्की सरकारले कसैको कुरा सुनेन् । हेलिन बोलेकहरुको आवाजसँग डराएको टर्की सरकारले त्यो आवाजलाई समाप्त गर्ने दुस्साहस ग¥यो, यसले नयाँ हेलिनहरु जन्माउने छ र टर्कीस प्रतिक्रियावादीहरुलाई चिहानमा पु¥याउने छ ।
हेलिनहरुले गाउने क्रान्तिकारी गीतले जनतामा ल्याएको जागरण कोरोना भाइरसको संक्रमणभन्दा अझ द्रुत गतिमा थियो । त्यहीं भएर टर्की सरकारले हेलिनहरुको दारुण मृत्यु पर्खिरह्यो । आमरण अनसनको २८८ औं दिन, यहीं अप्रिल ३ तारिख शुक्रबार हेलिनले यो धर्तीबाट विदा लिएर गइन् । भौतिक रुपमा हेलिन यो धर्तिबाट विदा भए पनि हेलिनका गीतहरु सधैं गुन्जिरहनेछन् र हेलिनका आवाजहरुले हेलिनलाई विदा गर्ने क्रुर प्रतिक्रियावादी टर्की सरकारको विदा गर्नेछ ।
टर्की सरकारले जेलमा हेलिनहरुलाई यातना दिने जुन अभियान चलायो, त्यो अमानवीय यातनाका विरुद्ध हेलिन लगायतका साथीहरू जेलभित्रै अनसन बस्नुप¥यो । हेलिनहरुमाथि आतंकवादी संगठन बनाएर राज्यविरुद्ध विद्रोहको योजना बनाएको अभियोग लगाइएको थियो । जनताको माझमा दिन प्रतिदिन लोकप्रियता बढ्दै गएपछि टर्की सरकारले योरम समुहमाथि जुन प्रतिबन्ध लगायो, त्यो स्पष्ट लोकतान्त्रिक मूल्य–मान्यतामाथि कै प्रतिबन्ध थियो ।
सन् १९५५ देखि नै अमेरिकी सेना रहेको टर्किमा अमेरिकी सेनाले टर्कीको सम्पति दोहन गरेकोमा टर्किका जनतालाई मन परेको थिएन र छैन । त्यसका विरुद्ध योरम समुहले गीतहरु, नाटकहरु, फिल्महरु प्रदशन ग¥यो । टर्कि सत्ताले आफ्ना नागरिकहरुको मुखमा ताल्चा लगाएको हर्कत कुनै पनि क्रान्तिकारीलाई मन पर्ने विषय भएन । राष्ट्रिय स्वाधिनता, देशभक्ती र जनताको पक्षमा योरम समुहबाट बनाइएका गीत, नाटक र फिल्महरु जनताद्वारा औधी रुचाइए ।
योरम समुहका गीतमा टर्कीका जनताले आफ्नै मुक्तिको आवाज भेटे । टर्किको प्रतिक्रियावादी सत्ताले जनता भड्कीने डरले योरम संगीत समूहमाथि धरपकड सुरु ग¥यो ।
हतियार र कानुनको डण्डाले क्रान्तिकारी गीतको गला रोक्न सक्ने स्थिति बनेन् । गीतहरु झन्पछि झन् जनताको माझमा बुलन्द बन्दै घन्किन थाले । लाखौं जनसमुदायहरु योरम समुहको कन्सर्टमा उपस्थिति भएर आफ्नो आवाजमा आफै झुम्न थाले, योरम टर्कीमा मात्र नभएर यसको वरपर युरोप र एसियाका केही देशहरुमा समेत लोकप्रिय बन्दै गयो । त्यो कुरा अमेरिकी साम्राज्यवाददेखि युरोपियन युनियनलाई मन परेन । त्यसपछि अमेरिकी साम्राज्यवादको सहयोग र मिलेमतोमा टर्कीको प्रतिक्रियावादी सत्ताले योरम समूहमाथि आतंकवादीको बिल्ला लगाएर दमन शुरु ग¥यो ।
विश्वभरका लेखक, बुद्धिजीवीहरु, मानव अधिकारवादीहरुले हेलिनहरुको रिहाइको लागि टर्कीको सरकारसँग माग गरे । वकिलहरुको समूह रिहाइको माग गर्दै अनसनमा बस्यो । गएको नोभेम्बर १९ मा हेलिनलाई रिहा गरियो । तर योरम समूहमाथि लगाइएको प्रतिबन्ध नहटाएसम्म हेलिनहरुले अनसन जारी राख्ने निश्चय गरे । असनकै क्रममा स्वास्थ्य एकदमै बिग्रन थालेपछि मार्च ११ मा हेलिन बोलेक र इब्राहिम गोचेकलाई प्रहरीले अस्पताल लग्यो । तर हेलिनहरुले आफ्ना मागहरु पूरा नभएसम्म उपचार स्वीकार नगर्ने भनी अडान लिएपछि पुनः घर फिर्ता गरियो ।
युरोपको बिरामी भनेर चिनिने देश टर्कीको जन्म पहिलो विश्वयुद्धपछि सन् १९२३ मा भयो । राजनीतिक अस्थिरतामा रुमलिएको टर्कीमा सन् १९८० मा सैनिक कू भयो । बोल्न, लेख्नमा कडाइ गरियो । नाटकघरहरु बन्द भए । गीतहरु घन्किन छाडे । लेख्ने, बोल्ने र गाउने मानिसहरु जेलमा बन्दी बनाइए । सन् १९८५ को एकदिन विश्वविद्यालयको सानो कोठामा चार जना विद्यार्थीले गीत गाएको सुनियो । अध्याँरो मौनता चिरेर गीत घन्किदा सुन्नेहरु डराए । अध्याँरोप्रति असहमति जाहेर गर्ने उक्त चार जनाको समूहले एउटा संगीत समूहको निर्माण ग¥यो । समूहको नाम थियो ‘योरम समूह’ यो समूह पिर सुल्तान तथा नाजिम हिक्मत जस्ता हिम्मतीला तुर्केली कविहरुलाई आफ्ना आदर्श ठान्थ्यो ।
टर्कीको प्रतिक्रियावादी सरकारको फाशिष्ट रवैयासंग शान्तिपुर्ण लडाई लडेकी हेलिनलाई प्राण त्याग्न बाध्य बनाइयो । कठोर अठोटका साथ तड्पाई भोग्दै आएर अप्रिल ३ मा संसारसँग बिदा लिएपनि हेलिनको भौतिक मृत्युले साम्राज्यबादको कथित मानवअधिकारको मुकुण्डो थप उदाङ्गो पारेको छ । उनको गीत सुनेका र कला देखेका समस्त विश्वका करोडौं समर्थकबाहेक बर्ग पक्षरतामा अडिग संसारभरीका अरबौ जनसमुदायले उनका आवाज गुन्जाइरहेका छन् । हेलिन तिमी अमर छौ । रेड स्यालुट हेलिन ।
२०७६ चैत्र २९, पोखरा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->