बागलुङ, २९ चैत– बागलुङमा चट्याङ लागेर एकको मृत्यु भएको छभने म्याग्दीमा दुई जना घाइते भएका छन् । बागलुङ नगरपालिका–१३ पाक्जाका २६ वर्षिय युवाको चट्याङले लागेर मृत्यु भएको हो । घरको पीँडिमा बसिरहेका शंकर रिजाललाई शनिबार दिउँसो ४ बजे चट्याङले लागेको थियो । उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिए । चट्याङले लागेर उनीसंगै २० वर्षीय रेश्मी भट्ट घाइते भएका छन् ।
यसैगरी, म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको आम्बोटमा शनिबार साढे ४ बजे चट्याङ लागेर दुईजना घाईते भएका छन् । चट्याङ लागेर स्थानीय चित्र बहादुर घिमिरे र उनकी छोरी सोविता घिमिरे भएका भएका स्थानीय काशिराम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार, घाइते दुबैजनालाई उपचारका लागि बेनी अस्पतालमा लगिएको छ । चट्याङका कारण दुई घर चर्किएका छन्भने लाल बहादुर घिमिरेको गोठमा रहेको राँगो समेत मरेको स्थानीय नारायण घिमिरेले बताए । एनसेलको टावर आसपासमा रहेको रत्न बहादुर घिमिरे, दैकुमारी सापकोटा, भिम बहादुर घिमिरे, चित्र बहादुर घिमिरे, हरिलाल घिमिरे लगाएत आसपासका क्षेत्रमा रहेका घरहरुको विद्युत् मिटरबक्स, तार, ब्याट्री, मोबाईल जलेको स्थानीयले बताएका छन् ।





