आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ जेसीजद्धारा खाद्य बैङ्क स्थापनाका लागि खाद्यान्न सहयोग

बागलुङ जेसीजद्धारा खाद्य बैङ्क स्थापनाका लागि खाद्यान्न सहयोग


  • बालकृष्ण सुवेदी
  • चैत्र ३० २०७६, आइतबार

बागलुङ, ३० चैत – युवाहरुको नेतृत्व र क्षमता बिकासमा क्रियाशिल बागलुङ जेसीजले खाद्य बैङ्क स्थापनाका लागि बागलुङ नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ ।बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएपछि ज्याला मजदुरी गरेर खाने बर्गहरुको सहयोगार्थ खाद्य बैङ्क स्थापनाका लागि बागलुङ जेसीजले ६० हजार बरावरको खाद्यान्न सहयोग गरेको हो ।
कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले देश लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्दै आएका मजदुर, गरिव, अति बिपन्न, बिपन्न, असाहय र अशक्तहरुलाई सहजताका लागि खाद्यान्न सहयोग गरेको बागलुङ जेसीजले जनाएको छ ।
जेसीजले ५ सय केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी खाने तेल र २ सय केजी आटा खाद्य बैङ्क स्थापनाका लागि बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको हो । जेसीज बागलुङका अध्यक्ष सुरेन्द्र शाक्यले नगरप्रमुख जनकराज पौडेललाई पत्र सहित खाद्यान्न हस्तान्तरण गरेका थिए ।जेसीजको सामाजिक कार्य अन्तरगत खाद्यान्न सहयोग गरिएको र आगामि दिनमा पनि खाद्य बैङ्कमा सहयोगका लागि अन्य संघ संस्थाहरुलाई पहल गर्दै जाने र जेसीजको तर्फवाट पनि सहयोग गर्ने अध्यक्ष शाक्यले बताए । सो अवसरमा अधिबक्ता राम शर्माले पनि खाद्य बैङ्कका लागि आफ्नोतर्फवाट २० बोरा चामल सहयोग गर्ने घोषणा गरेका छन ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले अहिले मानवताका निमित्त लगानी गर्नुपर्ने परिस्थिती सिर्जना भएकाले यो संक्रमणलाई पार लगाउनका लागि सवैको सहयोग आवश्यक हुने बताउँदै मजदुरी गरेर जिवीकोपार्जन गर्ने बर्गलाई छनौट गरि खाद्यान्न हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।
मानवता बिरुद्धको लडाईमा परेर हातमुख जोर्न समस्या भएकाहरुलाई बागलुङ नगरपालिकाले प्रत्येक वडाहरुको समन्व्यमा ३० लाख बरावरको खाद्यान्न बितरण गरि सकेको जानकारी दिदै खाद्य बैङ्क स्थापनामा सामाजिक संघ संस्था र व्यक्तिहरुको सहयोग आवश्य हुने पौडेलले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->