आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लकडाउन उल्लंघन गर्ने १७ मोटरसाइकल बागलुङको प्रहरी नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने १७ मोटरसाइकल बागलुङको प्रहरी नियन्त्रणमा


  • Dhorpatan News
  • बैशाख १ २०७७, सोमबार

बागलुङ, १ बैशाख – बागलुङ प्रहरीले सोमवार १७ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गर्दै सडकमा ओहोरदोहोर गरिरहेका चालक सहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए । नियन्त्रणमा लिईएका मोटरसाइकल लकडाउन अवधीभर प्रहरी कार्यालयमा राखिने प्रहरी निरिक्षक केसीले बताए । मोटरसाइकल चालकलाई केही घण्टा सडकमानै शारीरिक कसरत गराएर छाडिएको प्रहरीले जनाएको छ । ‘दुध, पानी, तरकारी, औषधि जस्ता अत्यावश्यक सामग्री खरिदको निहुँ पारेर अनावश्यक रुपमा मोटरसाइकल चलाउने क्रम बढेपछि सोमवार थप कडाई गरिएको प्रहरीले भनाई छ ।
कोरोनाको महामारी फैलिन नदिनको लकडाउनको कार्यान्वयनमा उच्च सतर्कता अपनाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले लकडाउन अबधिभर उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र आवश्यक कारवाही  गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->