बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

असिनापानीले म्याग्दीमा अन्नबाली सखाप

असिनापानीले म्याग्दीमा अन्नबाली सखाप

बाटो अवरुद्ध, घरमा समेत क्षति


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०७७, मंगलबार

म्याग्दी, २ बैशाख– सोमबार मध्यरातमा परेको भीषण असिनापानीले गहुँ, तरकारी र फलफूल खेतीमा ठूलो क्षति पु¥याएको छ । जिल्लाको रघुगंगा र मालिका गाउँपालिकाको विभिन्न वडामा असिनापानीले पाकेर थन्काउने बेलाको गहुँ, जौ, भर्खर रोपिएको मकै, सिमी लगायतका तरकारी खेतीमा ठूलो क्षति पु¥याएको स्थानीय कृषकले बताएका छन् ।
असिनापानीले रघुगंगा गाउँपालिका–२ भगवती, वडा नं ३ पिप्ले र वडा नं ४ दग्नाममा ठुलो क्षति पु¥याएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार, करिब १ फिटसम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबालीसंगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिनापानीसंगै आएको बाढीको कारण भगवतीको जैसिखोर क्षेत्रमा केहि घरमा समेत क्षति पु¥याएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष रिम कटुवाल लगायतको टोलीले भगवती क्षेत्रमा भएको क्षतिको विवरण संकलनमा जुटेका छन् ।
त्यसैगरि मालिका गाउँपालिकाको बिम लगायतका क्षेत्रमा समेत असिनापानीले गौँ, जौ र सुन्तला खेतीमा क्षति पु¥याएको वडा अध्यक्ष रेशम जुग्जाली (सुविन)ले जानकारी दिए । असिनापानीका कारण रघुगंगा गाउँपालिकाका चार ग्रामिण सडक अस्तब्यस्त भएका छन् । हावाहुरीसँगै आएको असिनापानीले अन्नबालीसँगै भगवतीमा घर भत्किने, आँगन, शौचालय च्र्किनुका साथै बाढीले सडक अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए । ‘एकफिटसम्म असिना परेको छ, क्षतिको विवरण संकलन गरी उचित राहतको ब्यवस्था गछौ’ अध्यक्ष भण्डारीले भने । उनका अनुसार, करिव ३० घरधुरीभित्र अन्नबाली प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको छभने ४ घर बस्न नमिल्ने गरी असर गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->