बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कोरोना भाइरसबाट बच्न के गर्ने, के नगर्ने ?

कोरोना भाइरसबाट बच्न के गर्ने, के नगर्ने ?

कोरोना त्रासले सिर्जना गर्ने असर र समाधानका उपायहरु


  • कृष्ण कुमार सैजु
  • बैशाख ५ २०७७, शुक्रबार

कोरोना भाइरस (कोभिड–१९) लगभग विश्वका सबै देशमा फैलिसकेको छ । दु्रत गतिमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउने र संक्रमित थपिने क्रम बढ्दै जाँदा आम मानिसमा त्रास सिर्जना भएको छ । विश्वभरि नै फैलिएको यो महामारीको स्वास्थ्यमा पर्ने प्रभाव त छँदैछ यसको सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा ठुला प्रभाव पर्ने निश्चित छ । कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या हेर्ने होभने बिहिबार बिहानसम्म २,०८४,०४९ जना संक्रमित भएका छन्, १३४,६६९ जनाको मृत्यु र ५१५,१९६ जना निको भएर घर फर्किएका छन् ।
कोरोनाको प्रतिकार
हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयोभने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ ।
यसका लागि स्वस्थ्य खानपान मात्र होइन, स्वस्थ्य जीवनशैली अपनाउन पनि उत्तिकै आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता उमेरअनुसार फरक पनि पर्छ । शरीर बूढो हुँदै गएपछि अलि कमजोर हुँदै जाने हुन्छ । तर, उचित खानपान, व्यायाम, पर्याप्त निद्रा, सकारात्मक सोच तथा आत्मबलले पनि यो क्षमता कायम राख्न सहयोग पु¥याउँछ ।
रोगले जनसुकै उमेरकालाई पनि समात्न सक्छ । तर जोसँग रोग प्रतिरोधात्मक क्षमता बलियो छ, अरु रोगबाट ग्रसित छैनभने उनीहरुलाई रोगले त्यति च्याप्न सक्दैन । मधुमेह, थाइराइड, दमका रोगीले आफ्नो खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्छ ।
रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी देखिएको छ । अहिलेसम्म यसको उपचारका लागि औषधि पत्ता लागेको छैन । कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ ।
कोभिड–१९ ले दीर्घरोगीहरुलाई बढी सताएको तथ्यांक छ । त्यसैले आफ्नो दैनिकी तथा खानपानमा ध्यान दिन जरुरी छ । हामी नेपाली खानपिन तथा जीवनशैलीमा कम ध्यान दिन्छौँ । धेरै भुटे तारेको, प्रशोधित खानेकुरा, जंकफुड खाने, व्यायाम नगर्ने बानी रहेको छ । त्यसैले आफू स्वस्थ्य तथा प्रतिरक्षा प्रणाली बलियो पार्न दैनिकी परिवर्तन गर्नुपर्ने हुन्छ ।
स्वस्थ्य जीवनशैली
स्वास्थ्य जीवनशैली अपनाएको अवस्थामा प्राकृतिक रूपमै आफ्नो रोगप्रतिरोधक क्षमता मजबुत हुन्छ र शरिरलाई स्वस्थ बनाइ राख्न सहयोग गर्छ ।
के गर्ने, के नगर्ने ?
धूमपान नगर्ने, नियमित व्यायाम गर्ने, आहारविहारमा तरकारी तथा फलफूलको मात्रा बढाउने, तौल सन्तुलनमा राख्ने, मद्यपान नगर्ने, गरेपनि एकदम थोरै मात्रामा गर्ने, पर्याप्त निद्रा तथा आराम गर्ने, सकारात्मक सोच्ने, तनाव नलिने र संक्रमण हुन नदिन साबुनपानीले हात धुने ।
कोरोनाबाट बच्न र रोगप्रतिरोधक क्षमता बढाउन कस्ता खानेकुरा खाने ?
सरकारले अहिले लकडाउन गरेको अवस्था छ । घरबाहिर पनि निस्कन पाइँदैन । केहीले खाद्यान्नको जोहो गर्न पनि भ्याए होलान् । केहीसँग घरमै भएको खानेकुरा होला । बजारका खानेकुराभन्दा घरमै बनाएका खानेकुरामा अझ बढी पौष्टिक तत्व पाइन्छ । त्यसैले घरमैरहेका खानेकुरालाई राम्ररी बनाएर खायौँ भने स्वस्थ्य भइन्छ । खानेकुराले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता निर्धारण गर्ने हुनाले स्वस्थ्य आहार विहार गर्नुपर्छ । प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, भिटामिनहरुको मात्रा पु¥याएर सन्तुलिन भोजन गर्नुपर्छ । शरीरमा क्यालोरी भएन भने शरीर कमजोर बन्दै जान्छ ।
भिटामिन सी
अहिले बजारमा धेरैले भिटामिन सीका औषधिहरु खोजिरहेका छन् तर प्राकृतिक खानेकुरामा पाइने भिटामिन सी अझ फाइदाजनक र लाभदायक हुन्छ । यसका लागि अमला खाने, कागती पानी खाने, किवी, जुनार, मेवा, हरियो तरकारी, सागहरु खानेकुरा खानुपर्छ ।
भिटामिन डी
रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन डी पाइने खानेकुराहरु खानुपर्छ । भिटामिन डी हामीले घाममा पाउन सक्छौँ । हल्का घाममा एकछिन बस्दा पनि फाइदा हुन्छ ।
भिटामिन बी ६
यसले रक्क्तकोषिकाको उत्पादन गर्छ । रगतसम्बन्धी रोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिले दूध, सखरखण्ड, पिस्ता, चना, केराउ, तोफु खानु राम्रो हुन्छ । रक्तकोषले काम गरेन भने कुनै पनि पौष्टिक तत्वले काम गर्दैन । त्यसैले योएकदम आवश्यकता हुन्छ ।
भिटामिन ई
भिटामिन ई लाई छालाको लागि राम्रो भिटामिनको रुपमा मानिन्छ । गाढा रंगको हरियो सागपात सबै यसमा आउँछन् । सूर्यमुखीको बियाँ, ओखर, बदाम, एभोकाडो, ब्रोकाउली, पालुंगोमा भिटामिन ई पाइन्छ ।
प्रोटिन
बदाम, काजु, चना, टुसा उमारिएको गेडागुडीमा प्रशस्त प्रोटिन पाइन्छ । दाल, अन्डा, माछा मासुबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ । तर यसले संक्रमण गराउन सक्ने हुनाले विचार पु¥याएर खानुपर्छ । खानैपरे एकदम मज्जाले पकाएर मात्र खानुपर्दछ । शरीरमा कुनै रोग छभने चिकित्सक र पोषणविद्को सल्लाहमा मात्रै बढी प्रोटिन भएका खानेकुराहरु खाने गर्नुपर्छ ।
भिटामिन बी १२
भिटामिन बी १२ विशेषगरी मांशाहारी भोजनमा पाइन्छ । माछा, मासु, अण्डा, दूध र दूधजन्य पदार्थमा यो भिटामिन पाइन्छ । यसले पनिरोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन बी १२ को कमीले रक्तअल्पता हुने सम्भावना रहन्छ ।
प्रोबायोटिक खानाहरु
प्रोबायोटिक खानाले पाचन शक्तिलाई एकदमै राम्रो गराउँछ तथा पाचनप्रणालीलाई सुुचारु गर्छ । दही, चिज, गुन्द्रक आदिले पाचनशक्तिलाई राम्रो गर्छ ।
मिनिरल अर्थात खनिज पदार्थ
शरीरको प्रतिरोधात्मक क्षमता बढाउनका लागि खनिज पदार्थ भएका खानेकुरा पनि नियमित रुपमा खानुपर्छ । आल्मोन्ड, फर्सीको बियाँ, ओखर, बदाममा धेरै मात्रामा खनिज पदार्थ पाइन्छ ।
प्राकृतिक एन्टिबायोटिक
प्राकृतिक एन्टिबायोटिक खानेकुराले रक्त सञ्चार सन्तुलन गर्ने, धवनीहरु सन्तुलनमा राख्न र दुखाई कम गरी धमनीहरु स्वस्थ्य राख्नेकाम गर्छन् । बाहिरी आउने संक्रमणलाई निस्तेज गर्ने र कोषहरुको क्षयीकरण रोक्ने काम गर्छन् । त्यसैले यी खानेकुरामा विशेष ध्यानदिनुपर्छ । लसुन, अदुवा, बेसार, पानीमा यी तत्व पाइन सक्छन् । गेडागुडी तथा दाल प्रायः सबैको घरमा उपलब्ध हुन्छ । यसलाई अंकुरण गरेर खाएको खण्डमा यसमा फाइबर, प्रोटिन पाइनुका साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यस्ता खानेकुरा स्वस्थ्यबद्र्वधक पनि हुन्छ ।
अंकुरित भोजन बनाउने तरिका
अंकुरित भोजन भन्नाले अंकुरण भएको वा टुसो पलाएको भन्ने बुझिन्छ । यो लकडाउनको बेलामा तरकारीको समस्या सबैलाई होला । यो समस्यालाई मध्यनजर गर्दै संधैको लागि उपयोगी हुने तरकारीको छोटो बर्णन गर्छु । तपाँइको घरमा केही गेडागुडी त अवस्य होला । तपाइकोमा भएसम्मका सबै चना, केराउ, मकै, गहुँ, भटमास, सिमी, बोडी आदी सबैलाई मिसाई १ दिन पुराई भिजाउनुहोस् र पानीलाई तारेर बट्टामा, पुरानो बाल्टी वा बाटामा मुनिबाट २÷४ वटा मसिनो प्वाल बनाई बिस्कुन जस्तै फिंजाएर छोपेर सेपिलो ठाउँमा राख्नुहोस् । दिनमा १ पटक हल्का पानी छर्किनुहोस् । ५÷६ दिनमा ४÷८ सि.एमको प्रयोगको लागि तयार हुन्छ । तपाईको लागि पौष्टिकताले पुर्ण हुन्छ । यसमा एन्टीअक्सीडेन्ट र स्टिमसेलसम्म पर्याप्त मात्रामा पाइन्छ । यसला सुप बनाएर, आलुसंग मिसायर तरकीरीको रूपमा, जाउलोमा राखेर वा सलादको रूपमा पनि प्रयोग गर्न सकिन्छ । जस्ले गर्दा रोगप्रतिरोधक शक्ति बृद्वि हुन्छ र सम्भाबित खतराबाट बच्न सहयोग पुग्छ ।
दैनिक खानेकुरामा पोषिलो, झोलिलो सुपहरु बनाएर खाने गर्नुपर्छ । तातो झोलले शरीर तातो बनाउँछ, जसले गर्दा हत्तपत्त रुघाखोकी लाग्दैन । सुपबाट पाइने भिटामिन, आइरनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । त्यसैगरी दैनिक रुपमा व्यायाम, योगाजस्ता शारीरिक अभ्यासलले पनि मनलाई शान्त र चिन्तामुक्त बनाउन मद्दत गर्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
त्यस्तै ताजा खानेकुरा मात्र पकाएर खाने, जंक तथा प्रशोधित खानेकुरा नखाने जस्ता बानीको विकास बालबालिकादेखि नै गराउनुपर्छ । बालबालिकालाई टेलिभिजन र मोबाइलमा खेल्न दिनुभन्दा ३० मिनेट हिड्डुल तथा घरभित्रै व्यायाम गर्न सिकाउनुपर्छ । त्यसैगरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ । बालबच्चा तथा बूढापाकालाई २ देखि ३ घण्टाको फरकमा खुवाइराख्नु हुन्छ । थोरै–थोरै खानेकुरा खुवाउने तर धेरैपटक । बुढाबुढीहरुलाई छिटो चिसो लाग्ने हुनाले तातो खान दिने, एकछिन हिँडाउने, अदुवापानी, बेसारपानी खान दिँदा राम्रो हुन्छ ।
अन्त्यमा, कोरोनाको महामारीले विश्व अर्थतन्त्र धराशायी हुने संघारमा छ । यसको असर नेपालमा पनि पर्ने निश्चित छ । यसको लागि महामारी नियन्त्रण बाहेकका अन्य क्षेत्रमा पनि रणनैतिक रुपले तयारी सुरु गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->