आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङकी संक्रमित महिलाको चौथो रिपोर्ट पनि नेगेटिभ

बागलुङकी संक्रमित महिलाको चौथो रिपोर्ट पनि नेगेटिभ


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०७७, शनिबार

बागलुङ, ६ बैशाख– धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय बृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यसअघि बिहिबार गरिएको तेस्रो पटकको परीक्षणमा पनि उनको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उनको दोस्रो फेजको रिपोर्ट समेत नेगेटिभ आएकाले उनमा कोरोनाको संक्रमण सकिएको पुष्टि भैसकेको छ ।
उनी नेपालकै छैटौं कोरोना संक्रमित महिला हुन् । बेल्जियमबाट कतारहुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने बिषयमा भने छलफल चलिरहेको छ । धौलागिरी अञ्चल अस्पताल स्रोतका अनुसार, आईतबार दिउँसो सम्ममा उनी घर जान पाउने छिन् । कोरोनाको संक्रमण निको भएको भएपनि उनले केही दिन होम क्वारेन्टाईनमा भने बस्नुपर्ने छ । उनी कोरोनालाई जितेर निको भएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->