शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ताराखोला गाउँपालिकालाई प्रभु बैंकद्वारा खाद्यान्न सहयोग

ताराखोला गाउँपालिकालाई प्रभु बैंकद्वारा खाद्यान्न सहयोग


  • बालकृष्ण सुवेदी
  • बैशाख ७ २०७७, आइतबार

बागलुङ, ७ बैशाख– प्रभु बैंक लि. ताराखोला शाखाले आइतबार ताराखोला गाँउपालिकालाई २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सरकारले गत चैत्र ११ गतेदेखी गरेको लकडाउनका कारण ताराखोलामा दैनिक ज्याला मजदुरी गरि खाने श्रमिकलाई राहत सहयोग गर्ने लक्ष्यका साथ गाउँपालिकालाई ३ सय ३० केजी चामल, ११ केजी दाल, १० लिटर खानेतेल र ११ केजी नुन लगायतका खाद्य सामाग्री प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले घोषणा गरेको मापदण्ड तथा एकद्धार प्रणालीमार्फत गरिएको राहत वितरणलाई प्रभावकारी बनाउन बैंकले गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ति मगरलाई खाद्यान्न प्रदान गरेको प्रभु बैंक ताराखोला शाखाका प्रमुख प्रकाश सुवेदीले जानकारी दिए । खादान्न हस्तान्तरणपछि बोल्दै प्रबन्धक सुवेदीले राहात वितरणलाई प्रभाबकारी बनाई दैनिक ज्याला मजदुरी गर्ने श्रमिकको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । बैंकले उपलब्ध गराएको राहत खाद्यान्न सामाग्री गाँउपालिकाले वास्तविक मजदुरहरुलाई उपलब्ध गराउने बताउँदै गाँउपालिका अध्यक्ष प्रकाश घर्तिमगरले बैंकप्रति आभार ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->