आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पैदलयात्री मजदुरलाई क्वारेन्टानबाटै घर जाने व्यवस्थापन गरिने

पैदलयात्री मजदुरलाई क्वारेन्टानबाटै घर जाने व्यवस्थापन गरिने


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०७७, आइतबार

बागलुङ, ७ बैशाख– पोखराका बिभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदुृरहरु पैदल हिडेर बागलुङ आइपुगेका छन् । उनीहरुलाई उद्दार गरेर आइतवार क्वारेन्टाइनमा राखिएको छ । रोल्पा घर भएको बताउने १८ जना मजदुर पैदलै घर जान हिडेको थााहा पाएपछि उद्दार गरिएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए । आइतवार साँझ उनीहरुलाई मालढुंगामा भेटिएपछि प्रहरीले उद्दार गरेको छ । उनीहरुलाई बाङगेचउरस्थित रामरेखा आधारभूत बिद्यालयको क्वारेन्टाइनमा राखेर सोमबार घर पठाउने तयारी गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
‘जताबाट आएको भएपनि मदजुरहरु आफ्नो घर जान हिडेका रहेछन्, उनीहरुलाई नगरपालिकाले खानेबस्ने व्यवस्थापन गराएका छौं’ पौडेलले भने, ‘उनीहरुको घर सम्म पुग्ने व्यवस्थापनमा पनि छलफल भैरहेको छ ।’ उनीहरुलाई तत्काल खाने बस्ने व्यवस्थापनमा नगरपालिकाले साथ दिने बताए । पोखरास्थित बिभिन्न बिकास आयोजनामा काम गरेका उनीहरुले काम पाउन छाडेपछि घर फर्केको बताए । ‘घर बनाउने, जाली चिन्ने जस्ता काम गरेका थियौं, लकडाउनले कामपाउन छाडेपछि हिडेका हौं’ रोल्पाका गंगादेवी गाउँपालिका ५ का राजेन्द्रकुमार पुनले भने, ‘घरै गए खेती गरेर खाऔंला ।’ कमाई नभएको र पोखरामा किनेर खान नसकिने अबस्था भएपछि घर हिड्न परेको उनले बताए ।
घर जान पोखरादेखि पैदल हिडेर आएपछि मालढुंगा आएर सिमाना प्रवेशमा बसेका थिए । उनीहरुको सोधीखोजीपछि प्रहरीले उद्दार गरेर ल्याएको थियो । मालढुंगाबाट स्थानीय शान्ति समितिको भवनमा ल्याएर राखेपछि बस्ने व्यवस्थापन क्वारेन्टाइनमा गरिएको हो । प्रहरी उपरिक्षक भट्टले दुइ जिल्लाको समन्वय भएमा घर पुग्ने वातावरणमा सहयोग गर्ने बताए । रोल्पाको गंगादेवी गाउ“पालिकाका ५ का ९ जना, सुनछहरी ५ का ८ जना र परिवर्तन गाउ“पालिकाका १ जना छन् । बागलुङ उद्योग बाणिज्य संघले उक्त बिद्यालयमा क्वारेन्टाइन बनाएको थियो । यस अघिपनि यहा“ २२ जना बिभिन्न क्षेत्रका व्यवारिसे व्यक्तिहरु बस्दै आएका छन् । उक्त क्वारेन्टाइनमा नअटेकालाई धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको भवनमा राख्ने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->