आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ज्वरो आएकी महिलामा कोरोना नभएको पुष्टि

ज्वरो आएकी महिलामा कोरोना नभएको पुष्टि


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७७, सोमबार

बागलुङ, ८ बैशाख– ज्वारो आएपछि स्थानीय स्वास्थ्य संस्थामा चेकजाँचका लागि पुगेकी गल्कोट नगरपालिका–४ की एक महिला र उनका छोरामा कोरोना नरहेको पुष्टि भएको छ । गत चैतमा भारतबाट आएका आमाछोराको कोरोना परीक्षणका लागि थ्रोट स्वाव पोखरा पठाईएको थियो ।
सोमबार पोखरास्थित गण्डकी स्वास्थ्य प्रतिष्ठानमा रहेको प्रयोगशालाले उनीहरुमा कोरोना नरहेको पुष्टि गरेको हो । आशंका गरिएका उनीहरु दुबैजनाको रिपोर्ट नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । महिलाको गल्कोटस्थित इमर्जेन्सी पोलिक्लिनिक हटियामा उपचार भैरहेको छ । आमामा ज्वरोसहित निमोनिया देखिएको छभने छोरामा कुनै लक्षण देखिएको छैन ।
यसैबीच, पैदल हिँडेर रोल्पा, रुकुम र काठमाण्डौ लगायतका स्थानमा हिँडेका मजदुहरुको उद्दारपछि गरिएको ¥यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ५८ जना मजदुरमा गरिएको टेष्टमा कसैमा पनि कोरोनाको संकेत नदेखिएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->