शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उदयपुरमा एकैदिन दश जनामा कोरोना संक्रमणको पुष्टि

उदयपुरमा एकैदिन दश जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा संक्रमितको संख्या ४१ पुग्यो


  • ढोरपाटन संबाददाता
  • बैशाख ९ २०७७, मंगलबार

बागलुङ, ९ बैशाख– नेपालमा आज एकैदिन दश जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । उदयपुरमा थप नाै जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हाे ।
यसअघि आजै दिउँसो पनि उदयपुरमा नै अर्का एक जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । पछिल्लोपटक पुष्टि भएका आठ जनाको विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए । अरका एक जनाकाे राष्ट्रीज जनस्वास्थ्य प्रयाेगशालामा जाँच गर्दा स‌ँक्रमणा पुष्टि भएकाे हाे । उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो । अहिले संक्रमण देखिएका दशैजना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । नेपालमा संक्रमितमध्ये ५ जना निको भएर घर फर्किएका छन् । मंगलवार मात्रै सुदुर पश्चिमका पहिलो कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । बाँकी सबैको ३६ जनाकाे देशका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->