शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

चट्याङ लागेर गलकोटमा एक महिलाको मृत्यु

चट्याङ लागेर गलकोटमा एक महिलाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७७, मंगलबार

बागलुङ, ९ बैशाख– बागलुङको गलकोटमा हावाहुरीसहित परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीकी अन्दाजी ६० बर्षिया बिजुली खत्रीलाई मंगलबार दिउँसो चट्याङले लागेर मृत्यु भएको हो । घरमा बसीरहेकी बिजुलीलाई चट्याङले लागेर बेहोस भएकी थिईन् ।
स्थानीयले उपचारका लागि गलकोटको हटियास्थित आरोग्य अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले जानकारी दिए । उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनीसँगै रहेका अन्दाजी ६५ बर्षिया श्रीमान सोमबहादुर खत्री सामान्य घाईते भएका छन् । मृतक खत्रीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने तयारी भैरहेको बुढाथोकीले बताए । उनीहरु घरमा दुईजना श्रीमान श्रीमती मात्रै रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->