बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कालीगण्डकीमा बग्दै गरेकी बृद्धाको उद्धार

कालीगण्डकीमा बग्दै गरेकी बृद्धाको उद्धार

मिना कञ्चनले बचाइन वृद्वाको ज्यान


  • संजय रेग्मी
  • बैशाख १५ २०७७, सोमबार

पर्वत, १५ बैशाख– कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा पर्वतकी एक वृद्ध महिलाको उद्धार गरिएको छ । जिल्लाको कुस्मा नगरपालिका–५ मोदीबेणीघाटस्थित कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा कुस्मा नगरपालिका–३ दुर्लुङ घर भएकी ६५ बर्षिया पदमकुमारी सुवेदीको उद्धार गरिएको हो ।
कालीगण्डकीमा महिला बग्दै गरेको अवस्थामा देखेपछि तत्कालै खोलाबाट उद्वार गरी प्रहरीलाई खबर गरेको उद्धारमा संलग्न युवती मिना कञ्चनले जानकारी दिइन् । ‘हामी क्यान्सर पीडित मिठु परियारको मलामीको रूपमा आएका थियौँ, हेर्दाहेर्दै माथिबाट मान्छे बगेर आएको देखियो ।’ उनले भनिन्, ‘जसोतसो तानेर ढुङ्गामा सुताएर तत्कालै प्रहरीलाई खबर गर्दा आमाको ज्यान बच्यो ।’
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास थापाका अनुसार, ती महिला नदीमा खसेकी हुन वा आत्महत्याको प्रयास गरेकी हुन भन्ने खुलेको छैन । नदीबाट उद्धार गरिएको अवस्थामा पानी खाएको र बोल्न नसक्ने अवस्थामा रहेको भएपनि तत्कालै पर्वत अस्पतालमा लगेर उपचार गरेपछि स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई डिस्चार्ज गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->