काठमाडौं, १७ वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयको बैठक बोलाउने पक्षमा छैनन् ।
बैठकको समाचार संकलनका लागि बालुवाटार पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाइएको पत्रकारहरुले बताएका छन् । उनीहरु पानीमा रुझ्दै प्रधानमन्त्री निवासको प्रवेशद्वारा नजिक उभिएका छन् ।






