पोखरा, २२ बैशाख– पोखरा महानगरको प्रकोप ब्यबस्थापन कोषमा प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले ५० हजार सहयोग गरेकी छिन् । दिवंगत नेता रबिन्द्र अधिकारीको ५१ औँ जन्मजयन्तीको अवसरमा भट्टराईले महानगरका प्रमुख मान बहादुर जिसीलाई सो सहयोग रकम हस्तान्तरण गरेकी हुन् । भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि तीन तहका सरकारबीच समन्वय गर्दै उच्च स्तरले लाग्न जरुरी भएको बताइन । यसैबीच, रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा–१७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरेको छ । सो टनेल सोमबार आयोजित एक कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ ।






