सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

इन्जिनियरहरुद्वारा नगरपालिकालाई निसंक्रमण धारा हस्तान्तरण

इन्जिनियरहरुद्वारा नगरपालिकालाई निसंक्रमण धारा हस्तान्तरण


  • राजेशचन्द्र राजभण्डारी
  • बैशाख ३० २०७७, मंगलबार

बागलुङ, ३० वैशाख– कोरोना भाइरसविरुद्वको लडाईंमा सहयोग पुगोस् भन्ने उदेश्यले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पिईएएन) बागलुङमा आवद्व ईन्जिनियरहरुको पहलमा बागलुङ नगरपालिकाको परिसरमा निर्माण गरिएको निसंक्रमण धारा (फुट अपरेटिङ ह्याण्ड वासिङ टुल) हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्ने उदेश्यले निर्माण गरिएको निसंक्रमण धाराको बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले मंगलबार उद्घाटन गरेका छन् ।
नगरपालिकालाई हस्तान्तरण गरिएको निसंक्रमण धाराले कोरोना संक्रमण रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको नगर प्रमुख पौडेलले उद्घाटनपछि प्रक्रिया दिए । नगर प्रमुख पौडेलले उपकरण बनाउन भूमिका खेल्ने सबैलाई धन्यबादसमेत व्यक्त गरे ।
पिईएएन बागलुङले यसअघि खुट्टाले थिच्दा साबुन र पानी आउने निसंक्रमण धारा निर्माण गरि जिल्ला प्रहरी कार्यालय र धौलागिरि अंचल अस्पताल बागलुङलाई हस्तान्तरण गरिसकेको छ । हस्तान्तरण कार्यक्रममा ईन्जिनियर गौरब शर्माले उक्त प्रविधिको विषयमा जानकारी गराउँदै कोरोनाको जोखिम बढ्दै गइरहेका बेला जनताको चाप हुने स्थानीय तहमा निर्माण गरिएका यस्ता धारो निकै उपयोगी हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->