शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नयाँदिल्लीबाट आएका दुईको कोरोना जाँच गर्न स्वाब संकलन

नयाँदिल्लीबाट आएका दुईको कोरोना जाँच गर्न स्वाब संकलन

बिरामी उनीहरु गृह मन्त्रालयको अनुमतिमा एम्बुलेन्सबाट नेपाल आएका थिए


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७७, बुधबार

बागलुङ, ३१ वैशाख – चार दिनअघि भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल आएका बागलुङका दुई जनाको कोरोना परीक्षण गर्न थ्रोट स्वाव संकलन गरिएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको विद्यालयको क्वारेन्टाइनमा बसेका २३ वर्षिया पुरुष र २० वर्षिया महिलाको थ्रोट स्वाव संकलन गरिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङको प्राबिधिक टोलीले क्वारेन्टाईनमै पुगेर स्वाव संकलन गरेको कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए । स्वाब परीक्षणका लागि मंगलबार गण्डकी प्रादेशिक प्रयोगशाला पठाईएको छ । बुधबार साँझसम्म स्वाबको नतिजा आउने गुरौले बताए ।
उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेका उनीहरु गृह मन्त्रालयको सहमतिमा नेपाल प्रबेश गरेका थिए । सम्बन्धित स्थानीय तहमा पुगेपछि क्वारेन्टाइनमा बस्ने कबुलियतीनामा गरेपछि गृहले उनीहरुलाई नेपाल प्रबेशको अनुमति दिएको थियो । दिल्लीबाट सिमासम्म भारतीय एम्बुलेन्स र नेपाल प्रबेशपछि नेपालको एम्बुलेन्सबाट बैशाखको २६ गते नेपाल प्रबेश गरेका उनीहरु २८ गते काठेखोला आईपुगेका थिए ।
क्यान्सर रोगका पीडित उनीहरुमध्ये एकको अप्रेशनपश्चात दिल्लीमा लामो समय उपचार गरेर घर फर्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर बिकले बताए । क्वारेन्टाईनमा रहेका दुवै जनालाई खानपानको व्यवस्था गाउँपालिकाले मिलाएको छ । ‘बिरामी भएकाले खानाको व्यवस्थापन अलि कठिन हुँदोरहेछ’ बिकले भने ‘पिसीआर नतिजा नआउँदा हामीले प्रबन्ध गरेका छौं ।’
बागलुङमा पिसीआर प्रबिधिबाट कोरोनाको जाँच हुनेको संख्या ७२ पुगेको छभने १ हजार २ सय ४६ जनाको आरडिटी जाँच भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->