सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कोरोना संकटमा पत्रकारिताबारे सरोकारवालासँग छलफल

कोरोना संकटमा पत्रकारिताबारे सरोकारवालासँग छलफल


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७७, बुधबार

बागलुङ, ३१ वैशाख– पत्रकार महासंघ बागलुङ शाखाले संकटको समयमा सूचना प्रवाहमा सहजताका लागि जिल्लाका सरोकारवालासँग छलफल गरेको छ । बुधबार जिल्ला प्रशासन, प्रहरी, स्वास्थ्य कार्यालय र धौलागिरी अस्पतालका प्रमुख तथा पत्रकारहरुबीच छलफल गरिएको हो ।
लकडाउनको कार्यान्वयन, कोरोनाको सम्भावित जोखिम र राहत वितरण तथा अत्यावश्यक सेवा प्रबाहको बिषयमा छलफल भएको महासंघ बागलुङका सचिव राम बहादुर थापाले बताए । छलफलका क्रममा जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले नागरिकलाई सचेत नबनाएसम्म कोरोनाको जाखिम कम गर्न भैरहेको लकडाउन कार्यान्वयनमा समस्या देखा पर्ने बताए । उनले जिल्लामा कोरोनाका बिरामी उपचारपछि घर फर्किएसंगै लकडाउनको धेरैले बेवास्ता गरेको भन्दै बुधबारदेखि थप कडाई थालिएको बताए ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले किट अभावका कारण नेपाल सरकारले बनाएको प्रोटोकल अनुसार कोरोना जाँचको प्रकृया अघि बढावउन नसकिएको बताए । धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले अस्पातल कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा रहेको बताए । आकस्मिक सेवा सञ्चालन भैरहेको भएपनि अस्पतालमा भीड बढ्दै गएको भन्दै सावधानी अपनाउन उनले सर्वसाधारणलाई आग्रह गरे ।
संकटसँग जोडिएर आउने सूचना प्रवाहमा सरोकारवाला कार्यालयहरु तयार नरहेको भन्दै सहज तरिकाले सूचना उपलव्ध गराउन पत्रकारहरुले आग्रह गरेका थिए । लकडाउनमा अत्यावश्यक सेवाको बहानामा चलिरहेका सवारी साधनको जाँचमा कडाई, सवारी साधनहरुले गाउँ गाउँमा यात्रु ओसारपसारमा गरेको लापवाही, बैंक तथा बित्तिय संस्थामा हुने भीडभाड लगायतका बिषयमा छलफल चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->