सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोट छिर्ने नाकामा कडाई गर्ने नगरपालिकाको निर्णय

गलकोट छिर्ने नाकामा कडाई गर्ने नगरपालिकाको निर्णय

संक्रमित मजदुरहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट टङेसिङमार्फत स्वाब परीक्षण गरिने ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७७, बुधबार

बागलुङ, ३१ वैशाख– गलकोट नगरपालिकाको बैठकले सात दिनसम्म नगरपालिका छिर्ने बागलुङ र बडिगाडतर्फको सडक मार्गमा कडाई गर्ने निर्णय गरेको छ । बुधबारको यो निर्णयसँगै पसल, व्यवसाय बन्द गरिनेछ । यद्यपी, बित्तिय संस्थालाई दुई दिनको अन्तरमा सेवा प्रवाह गर्न दिइने निर्णय भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । बैठकले पर्सा गएका मजदुरको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब परीक्षण गरिने निर्णय गरेको उनले जानकारी दिए ।
मंगलबार बारामा पुष्टी भएका कोरोना संक्रमितमध्ये १४ जना बागलुङबाट गएको थाहा भएपछि गलकोट क्षेत्रमा त्रास फैलिएको छ । उक्त त्राससमेत कम गर्न परीक्षण मात्रै बिकल्प भएको वडा नं. ३ का अध्यक्ष बिरजंग भण्डारीले बताए । उनीहरुलाई नगरपालिकाले बस रिर्जभ गरेर बैसाख ११ गते बारा र पर्सा पठाएको थियो । उनीहरु क्वारेन्टाइनमै बसेको बेला कोरोना पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->