शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाको आँधिखोलामा दोस्रो चरणको राहत कार्यक्रम

स्याङ्जाको आँधिखोलामा दोस्रो चरणको राहत कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७७, बिहिबार
पोखरा, १ जेठ – स्याङ्जाको आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घर परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर दोस्रो चरणको राहत वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । दोस्रो चरणको राहत बाँड्न सुरु भएको र शनिबारसम्म आवश्यक पर्ने सबैकहाँ राहत पुग्ने उनले बताए । राहत सामाग्रीमा अत्यावश्यक खाद्यान्न चामल, दाल, नुन, खाने तेल, चिनी र साबुन रहेका छन् ।
गाउँपालिकाले पहिलो चरणमा ६ सय ३५ घर परिवारलाई राहत वितरण गरेको थियो भने, दोस्रो चरणमा ३ सय ३० परिवारलाई राहत वितरण गरिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए । गाउँपालिकाले संघीय सरकारले तयार गरेको मापदण्ड अनुसार परिवार संख्याका आधारमा आधा र पूरा परिमाणमा राहत वितरण गर्न लागेको हो ।
राहत सामाग्री अन्तर्गत दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १.५ किलो दाल, १ प्याकेट नुन, साबुन दुईवटा, १ किलो चिनी र १ लिटर तेल वितरण तथा तीन र तीनभन्दा माथिका परिवार संख्या भएका लाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्न निर्णय कार्यपालिका बैठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->