मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

वालिङका कृषकलाई १४ हजार माछाका भुरा वितरण

वालिङका कृषकलाई १४ हजार माछाका भुरा वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७७, बुधबार

स्याङ्जा, ७ जेठ– वालिङका कृषकहरुलाई माछाका भुरा बितरण गरिएको छ । माछापालन ब्यावसाय गर्दै आएका कृषकलाई भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्याङ्जाको सहयोग र वालिङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा माछाका भुरा वितरण गरिएको हो । वालिङ नगरपालिकामा रहेका ८ जना माछापालक कृषकलाई अनुदानमा १४ हजार कमन कार्प जातका माछाका भुरा वितरण गरिएको वालिङ नगरपालिका पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले जानकारी दिइन् ।
कृषकहरुको मागअनुसार पशु शाखाले नगरभित्र ब्यवसायिक रुपमा माछापालन गर्दै आएका फर्महरुलाई अनुदानमा माछाका भुरा बितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताइन् । पशु विकास शाखामार्फत वालिङ–७ केवरेमा रहेको तमु बोनिजम कृषि पशु तथा मत्स्यपालन फर्मलाई दुई हजार, अर्बान कृषि फर्म वालिङ ८ लाई दुई हजार, आँधीखोला शहर माछापालन उद्योग वालिङ–११ लाई पाँच हजार, घ्वाङखोला शिव–पार्वती मन्दिर तथा पार्कलाई एक हजार, सम्भव कृषि फर्म वालिङ–११ लाई एक हजार, आँधीखोला एग्रोफर्म वालिङ–९ लाई दुई हजार र रोहित कृषि तथा पशुपालन फर्म वालिङ–४ लाई एक हजार गरी कूल चौध हजार कमन कार्प जातका माछाका भुरा अनुदानमा वितरण गरेको वालिङ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->