`

डेङ्गी कसरी सर्छ ? बच्न के गर्ने ?

  • सामुदायिक रूपमा लामखुट्टेको रोकथाम कसरी गर्ने ?

    • कृष्ण कुमार सैजु
    • शुक्रबार, जेष्ठ ९, २०७७

    अहिले विश्व कोरोना भाईरस (कोभिड–१९)को चरम चपेटामा छ । यो महामारीबाट नेपाल पनि अभाव र विविध समस्याबाट पुर्ण रूपमा ग्रसित छ । जसले जे भनेपनि कोरोना भाईरसबाट बच्ने सबैभन्दा सरल, सहज, सस्तो र भरपर्दो माध्याम भनेको कहिंकतै नगई कसैलाई नभेटी गोप्य रूपमा घरमै बस्नु हो । अतः लकडाउनको पालना गरौं र विश्वब्यापी रूपमा फैलिरहेको घातक महामारी कोरोना भाईरसको प्रकोपबाट सुरक्षित रहौं ।
    विश्वले विकासको क्षेत्रमा ठुलो फड्को मारेको भएपनि सोही विकासको कारणले भइरहेको प्रदुषण नियण्त्रण र फोहोर ब्यबस्थापनमा भने धेरै देशहरू पछाडी नै छन् । जसको उपहार स्वरूप पृथ्वीबासीले बेला बेलामा बिभिन्न भाईरस तथा बिबिध आर्थिक घाटा र क्षतिको सामना गर्न बाध्य छन् । कहिले बर्डफ्लु, कहिले स्वाइन फ्लु, कहिले ईबोला, झाडापखाला, मलेरिया त कहिले डेङ्गी ।
    गर्मी यामको शुरुवातसंगै ठाँउ ठाँउमा हरेक बर्षजस्तै यसबर्ष पनि डेङ्गीका समस्या दिन प्रतिदिन बढ्दो छ । आज बिशेषगरी तराई र पहाडी भेगका पनि धेरै सहर तथा बस्तीहरूमा देखीरहेको डेङ्गीको बारेमा चर्चा गरौँ । मानव जिवनको लापर्वाहीले गर्दा नै हो आजको समाजले यो समस्यालाइ झेलिरहनु परेको छ । यदी समयमै उचित बिचार गरी समयानुकुल कार्ययोजनाको थालनी गर्ने हो भने यस्ता समस्याले गर्दा विश्वब्यापी रूपमा हुने मानविय तथा भौतिक क्षतिलाई न्युन गर्न सकिन्छ ।
    डेङ्गी (भ्रमक रूपमा डेङ्गु पनि भनिने) ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ । सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएको तीनदेखी चौध दिनमा यसका लक्षणहरू देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुई दिनदेखि एक सातासम्म लाग्न सक्छ । केही बिरामीहरूमा यो रोग विकसित (डेङ्गी हेमोरेजिकफिबर) भएर रक्तस्राव हुन्छ र ज्याननै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तस्राव हुने मात्र नभई रगतमा प्लेटेलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ । त्यस्तै डेङ्गीको अर्को विकसित रूप डेङ्गी सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।
    डेङ्गी धेरै प्रजातिका लामखुट्टेहरूका माध्यमबाट मानिसहरूमा सर्न सक्छ । यो रोगका भाइरसहरू पाँच प्रकारका छन् । यी मध्ये कुनै एकको संक्रमण भएपछि हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्दछ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिका भाइरसविरुद्ध छोटो अवधिका लागि मात्रै काम गर्छ । एकपछि अर्को गरी लगातार हुने संक्रमणले गम्भीर जटिलताको खतरालाई बढवा दिन्छ । डेङ्गीको पहिचानको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन् । यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गीको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ ।
    केही देशहरूमा डेङ्गीको संक्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङ्गीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावस्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ । लामखुट्टे भगाउने मालमको प्रयोग गर्ने । भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गी छ भने मुखबाट वानसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवस्यक हुनसक्छ ।
    यो रोगका कारण प्रत्येक वर्ष लगभग पाँच लाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गी लागेको बेलामा इबुप्रोफिनजस्ता नन्स्टेरोइडल एन्टि इन्फ्लामेटरी औषधिहरू प्रयोग गर्नु हुँदैन ।
    डेङ्गी दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी रुपमा फैलिएको समस्या हो । हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड ५० लाख मानिसहरू बिरामी पर्ने गरेका छन् । जसमध्ये करीब औसत १५ हजार मानिसहरूको मृत्यु हुने गरेको छ । यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको कुरा बीसौँ सताब्दीमै पत्ता लागेको थियो । लामखुट्टेको निर्मुल पार्न असम्भवजस्तै भएकोले सिँधै भाइरसलाई नियन्त्रण गर्ने औषधिहरूको बारेमा पनि अध्ययन अनुसन्धान भइरहेको छ ।
    प्रभाव र चिह्नहरू
    सामान्यतया डेङ्गी भाइरसको संक्रमण भएका करीब ८० प्रतिसत मानिसहरूमा रोगका कुनै लक्षणहरू नदेखिम सक्छ वा देखिए पनिहल्का ज्वरोजस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन् । सङ्क्रमितमध्ये करीब ५ प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गी लाग्ने गर्दछ भने तीमध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पिन तीनदेखि १४ दिनलाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमै पूर्णता पाउँछ । त्यसैले डेङ्गीको जोखिममा रहेका स्थानहरूमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षणहरू देखापर्ने सम्भावना हुँदैन । प्रायःजसो बालबालिकाहरूमा डेङ्गीको सङ्क्रमण हुने हुँदा सामान्य रुगा तथा सङ्क्रामक पखाला (ग्यास्ट्रोइन्टेराइटिस) भएको जस्तै लक्षणहरू देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्दखालका भए पनि उच्च ज्वरो पनि देखा पर्छ ।
    क्लिनिकल कोर्स
    डेङ्गीको पहिचानका लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने, टाउको दुख्ने (साधारणतया आँखाको पछाडि दुख्ने) मांसपेसी तथाजोर्नी दुख्ने आदि हुन् । डेङ्गीका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो (अङ्ग्रेजीमा ब्रेकबोन फिबर) पनि भन्ने गरिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ ।
    लक्षणहरू सुरु हुने अवस्था (फेब्राइल), गम्भीर अवस्था (क्रिटिकल) तथा निको हुने अवस्था (रिकभरी) । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेन्हाइट) भन्दा पनि उच्च ज्वरो आउने, शरीरमा पीडा महशुस हुने तथा टाउको दुख्नेजस्ता लक्षणहरू देखिन्छन् । यो अवस्था प्रायःजसो दुईदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्छ । डेङ्गीको सङ्क्रमण भएका ५०(८०५ बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्ने गर्दछ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो ससाना फोकाहरू देखापर्छन । रातोको बिचमा सेतो हुने फोकाहरू पनि देखिन सक्छ । यस्ता फोकाहरूलाई अङ्ग्रेजीमा ‘आइस्ल्यान्ड अफ ह्वाइट इन अ सी अफरेड’ (रातो समुद्रमा गोराहरूको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने केशिकाहरू फुटेर छालामा ससाना राता थोप्लाहरू (अङ्ग्रेजीमा पिटिकी भनिने) देखा पर्ने र मुख तथा नाकका म्युकस मेम्ब्रेनबाट सामान्य रक्तस्राव हुनेजस्ता लक्षणहरू पनि देखापर्न सक्छ ।
    डेङ्गु रोग लाग्दा के खाने ?
    –मेवाको पात डेङ्गु रोगको लागि संजिवनी हो । मेवाको २ वटा पात पिसेर रस निकाल्ने । यसमा मह र सुन्तलाको रस मिसाउने । दिनमा नियमित एक पटक यसको प्रयोग गर्नु होस् जसबाट रगतमा उबितभभितक को संख्या बढ्न गई डेङ्गुको किटाणुसित लड्ने क्षमता विकास हुनेछ ।
    –सुन्तलामा भिटामिन भरपुर हुन्छ । जसले पाचन प्रणालीलाई ठिक राख्दछ । सुन्तलाले रगतमा आवश्यक बलतष्दयमष्भक बढाउँछ जसलेडेङ्गुसँग लड्ने क्षमता पैदा गर्दछ ।
    –हर्बल चियाले ज्वरो कमगर्न मद्दत गर्दछ । हर्बल चियालाई अदुवासँग मिलाएर प्रयोग गर्दा उत्तम हुन्छ ।
    –डेङ्गुको कारण शरीरमा पानीको कमी हुन्छ । नरिवलको पानी को सेवनले शरीरमा पानीको कमी हुन नदिनुका साथै पोषकतत्व पनि प्रदान गर्दछ ।
    –काँक्रो, गाजर, च्याउ, गेडगुडी र अन्य तरकारीको रसको सेवनबाट शरीरमा प्रशस्त मात्रामा पोषक तत्व मिल्दछ । यसलाई सजिलोसित पचाउन सकिन्छ र कमजोर पनमा लाभदायक हुन्छ ।
    –कागतीको रसले रगतमा भएको विषालु पदार्थलाई पिसावको माध्यमबाट बाहिर निकाली रगतलाई सफा गर्दछ । यसकारण डेङ्गुको रोगीको लागि कागतीको रस धेरै लाभदायक सावित भएको छ ।
    लामखुट्टे कसरी भगाउने ?
    १. लामखुट्टेको टोकाइबाट बच्ने, कुलेसो र खोल्साहरुमा मट्टितेल र पेट्रोल छर्कने ।
    २. भाँडा, पुराना टायर र डिब्बाहरुमा पानी जम्न नदिने
    ३. झ्याल र ढोकाहरुमा जाली लगाउने ।
    ४. झुलको प्रयोग गरि सुत्ने ।
    लामखुट्टेले जमिरहेको पानीमा फूल पार्दछ । लामखुट्टेको फूलबाट बच्चा कोरल्न करिब ७ दिन लाग्दछ । तसर्थ जमिरहेको पानीबाट मुक्ति पाउने, साताको एकचोटी सरसफाई गर्नुपर्दछ र पानीलाई जम्न नदिई बग्ने बनाउनु पर्दछ । यसले लामखुट्टेको प्रजनन् दरलाई बाधा पुर्याउदछ जसले गर्दा लामखुट्टेको वृद्धिमा रोकावट आउनुको साथै रोगहरू पनि फैलिन पाउँदैन । लामखुट्टे प्रायजसो ओसिलो र झाडीमा बस्ने भएकाले मानववस्ती वरपर नियमित सफाइ गर्नुपर्छ जसले गर्दा समुदायबाट नै लामखुट्टे भगाउन सकिन्छ ।
    लामखुट्टेको प्रजनन् रोकथाम गर्ने तरीकाहरू
    लामखुट्टे बस्न मन पराउने ठाउँहरू जस्तैः जमेको पानी, गाडीका पुराना पांग्राहरू राखेको ठाउँ, गमला, तेलको भाँडो, खाल्टोहरू, नछोपिएको पानीको भाँडो र घरभित्र जमिरहेको पानी भएकाले यस्ता चिज वस्तु घर वरपर नराख्ने । जमीनलाई पानी नजम्ने ढङ्गले व्यवस्थापन गर्नुपर्दछ जसले गर्दा सबै पानी सोसेर जान्छ र जम्न पाउँदैन । जलाधार क्षेत्र संरक्षित बनाउनुपर्दछ, जसले गर्दा पानी सधैँभरी बगिरहने गर्दछ ।
    सामुदायिक रूपमा लामखुट्टेको रोकथाम कसरी गर्ने
    जमेको पानीमा लामखुट्टेलाई खाने माछा पाल्ने । मध्य अमेरिकी लामखुट्टे माछा, दक्षिणी अमेरिकी गुपिज, अफ्रिकन तिलापीया, कार्प र अन्य माछाको प्रयोग गरी लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । यी माछाहरूको विभिन्न ठाउँमा विभिन्न सामान्य नामहरू छन् तर प्रायलामखुट्टे माछा भनेर जानिन्छ ।
    पानी बगिरहेने तथा खेत राम्ररी पानी सोस्ने बनाउने
    प्राकृतिक पानीलाई व्यवस्थित, गल्छि बनाएर पानीलाई बग्ने बनाउने र काम नलाग्ने सिचाइँका कुलो एवं पोखरीहरूलाई पुरेर धानकोखेतबाट समय समयमा पानी बगाएर लामखुट्टेको नयाँ फूल एवं बच्चाहरूलाई मार्नु पर्दछ र साथै कुनै किसिमको वातावरणीय तथाधानको उत्पादनमा पनि ह्रास आउँदैन ।
    वृक्षारोपण गरेर
    लामखुट्टेको नियन्त्रणमा सहयोगी हुने चरा, चमेरो तथा अन्य प्राकृतिक सहयोगीहरूको बासस्थान उपलब्ध गराउन वृक्षारोपण गरिनु पर्दछ । नेपाल, इण्डिया र अफ्रिकामा पाइने निमको रुखले लामखुट्टे धपाउन र यसको पातलाई औषधीको रूपमा उपयोग गर्ने गरिन्छ ।
    सावधान : यो स्वास्थ्य समाग्री पढेर तपाँईले आफुखुसी औषधीको प्रयोग तथा परिवर्तन नगर्नुहोला ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology