बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पुलिङ टेष्ट र कोभिड–१९ : मापदण्ड र सुझाव

पुलिङ टेष्ट र कोभिड–१९ : मापदण्ड र सुझाव


  • राम बहादुर खड्का/डा. रुपेन्द्र श्रेष्ठ
  • जेष्ठ १३ २०७७, मंगलबार

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणले निम्त्याउने रोग ‘कोभिड–१९’ विरुद्ध निःस्वार्थ सेवामा खटिरहेका स्वास्थ्यकर्मी, सरकारी अधिकारीहरु र अनुसन्धानकर्तालाई तहसनहस बनाइरहेको छ । हालको अवस्था हेर्ने हो भने विश्वका प्रायः सबै राष्ट्रहरुमा कोरोनाको संक्रमण फैलिसकेको छ । यो भाइरसको संक्रमण भए÷नभएको पत्ता लगाउन प्रयोगशालाकर्मीहरुले प्रयोग गरिरहेको ‘पि.सी.आर.’ विधिले निकै महत्वपूर्ण भूमिका खेलिरहेको छ । तर आवश्यक स्रोत–साधनको कमीले र त्यसमाथि नमूनाहरुको अत्याधिक चापले कोरोना संक्रिमत भए–नभएको तथ्यांक छुट्टाउन गाह्रो भइरहेको छ । यो महामारीको अवस्थामा संघर्षरत विभिन्न देशका प्रयोगशाला विज्ञहरुले छिटो छरितो र एक पटकमा धेरैभन्दा धेरै नमूनाको परीक्षण गर्न पुलिङ टेष्ट विधिको प्रयोग गरिरहेको पाइन्छ । हाम्रो देशका विभिन्न स्थानमा प्रयोग भइरहेको ‘पिसीआर विधि’लाई पनि यो पुलिङ टेष्टमा संचालन गर्न सकेमा संक्रमित र संक्रमित नभएकाहरुको तथ्यांक निकाल्न सकेमा कोरोना भाइरस विरुद्धको लडाईमा केही हदसम्म सजिलो हुनेछ ।
पुलिङ टेष्ट १९४३ मा भिरिड्डी जाँचको लागि विश्वयुद्ध–२ का सैनिकमा प्रयोग भएको पाईन्छ । त्यसपछि भने यसलाई राम्रो विधिको रुपमा ब्लड बैंक साथै एभियन फ्लुमा प्रयोग गरिदै आएको पाइन्छ । यो पुल टेष्ट परीक्षण एल्गोरिथमा थुप्रै व्यक्तिहरुको नमुनाहरुलाई एक टेष्ट ट्युबमा सँगै राखेर त्यसबाट ‘न्यूक्लिक एसिड’ आइसोलेसन गरिन्छ । त्यो पुल ‘न्यूक्लिक एसीड’ नमूनालाई ‘पिसीआर’ परीक्षणको माध्यमबाट जाँच गरिने प्रयोगशाला विधि नै पुलिङ टेष्ट हो । यदि पुलिङ टेष्टमा पोजेटिभ परिणाम आउँछ भने प्रत्येक नमूनाहरु छुट्टाछुट्टै परीक्षण गरिन्छ । जसलाई प्रयोगशाला भाषामा क्लष्टर डिकोन्भोलसन भनिन्छ । यसरी प्रयोग गरिएका नमूना जाँचबाट नेगेटिभ परिणाम आएमा भने पूल टेष्टमा परीक्षण गरिएका नमूनाहरु नेगेटिभ मानिन्छ ।
किन पूल परिक्षण गरिन्छ ?
–पर्याप्त लागत र परीक्षण किटहरु बचत गर्न ।
–थोरै जनशक्तिको प्रयोगमा परीक्षण दायरा बढाउँदै समय बचत गर्न ।
–लक्षण नभएका केशहरुको अनुगमन गरी समुदायलाई दोस्रो प्रकोपको पूर्वानुमान गर्न । संक्रमणको संख्या बढीरहेको अवस्थामा सीमित परीक्षण किटहरुको प्रयोगमा परीक्षण संख्या बढाउने अवस्थामा ।
पुलिङ परीक्षण विधिको उक्त नमूना
पुलिङ टेष्टका केही आवश्यक मापदण्ड
प्रिवलनस वा पोजेटिभ टेष्ट दरको आधारमा पुलिङ टेष्ट गर्ने नगर्ने तय गर्नुपर्छ । केही खोजपत्र अध्ययनको अनुसार पुलिङ टेष्ट गर्दा २–५ वटा नमूनाहरुसँगै पूल गर्न सकिन्छ । ५ भन्दा बढी पूल गर्दा नमूनाको मात्रा कम पर्न जान्छ र एउटा नमूनाले अर्काे नमूनालाई कमजोर पार्न सक्ने सम्भावनाले गर्दा पीसीआरको नतिजा फल्स–नेगटिभ आउन जान्छ ।
संक्रमित केश र सुझाव
२% भन्दा कम : पुलिङ टेष्ट गर्न सकिन्छ ।
: संक्रमित दर बढेको बारे अध्ययन गर्न सकिन्छ ।
२% देखि ५% : पुलिङ टेष्ट सामुदायिक सर्वेक्षणको लागि प्रयोग गर्न सकिन्छ ।
: पुलिङ टेष्ट विना लक्षणका व्यक्तिहरुको निगरानी गर्न सकिन्छ ।
:  लक्षण देखिएको मानिसहरु, उच्च जोखिम समूहहरु र स्वास्थ्यकर्मी नमूना पुलिङ गर्नु आवश्यक पर्दैन ।
५% : भन्दा माथि पुलिङ टेष्ट गर्नु सुझाव गरिएको छैन् ।
यसरी यो विधिलाई हाम्रो देश नेपालमा रहेका वार्ड, क्षेत्र र सुमदायमा प्रयोग गरीएको खण्डमा थोरै किटको खपतमा कोराना भाइरसको संक्रमण भए नभएको पत्ता लगाई सो समूहलाई कोराना भाइरसबाट बचाउन केहि हदसम्म सजिलो हुनेछ ।

(खड्का माइक्रोबायोलोजिष्ट, असिष्टेन्ट प्रोफेसर क्रिमशन कलेज अफ टेक्नोलाजि बुटवल र डा. श्रेष्ठ क्लिनिकल मोलिक्युलर जेनेटिसिष्ट पोष्ट–डोक, अल्बर्ट आइन्सटैन कलेज अफ मेडिसिन न्यूयोर्क अमेरिकमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->